arrow

फुट नजिक नेकपाः ओली–प्रचण्डको व्यक्तिगत आरोप प्रत्यारोपले देखियो असली रुप 

logo
प्रकाशित २०७७ मंसिर २ मंगलबार
oli-prachanda.gif.gif

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच देखिएको व्यक्तिगत आरोप प्रत्यारोपले दुवैको असली चरित्र सामुन्ने आएको छ । यसले को कति राष्ट्रवादी र को कति जनवादी भन्ने पनि छताछुल्ल भएको छ । 

ओलीले सुरुआतदेखि नै प्रचण्डमाथि आरोप लगाउँदै आएर आफ्नो माहोल बनाएका थिए भने प्रचण्डले अति भएपछि पहिलो पटक शुक्रबार चरम रुपले ओलीलाई नाङ्गिने गरी नै आरोप लगाएका हुन् । हुनत नौलो विषय प्रचण्डले उठाएका हैनन् । तर सचिवालय बैठकमै क्रमबद्ध रुपमा उनले उठाएका विषय गम्भीर छन् । 

एक अध्यक्षले अर्को अध्यक्षलाई आरोप लगाएर उनले मार्गप्रशस्त्र गर्नुपर्ने सुझाव नै दिएका छन् । किनकि ओलीलाई मार्गप्रशस्तका लागि असारमै स्थायी कमिटी बैठकमा उठेको थियो । र पनि स्थायी कमिटीले ‘सेफ ल्याण्डिङ’ उपाय सुझायो र त्यसैअनुसार निर्णय गर्यो । त्यो निर्णय थियो – ओलीले अबदेखि सत्ता सञ्चालन गर्दा शीर्ष नेताहरुसँग परामर्श गर्नुपर्ने । अनि प्रचण्डले पनि पार्टी सञ्चालन गर्दा शीर्ष नेताहरुसँग परामर्श गर्नुपर्ने । 

तर प्रचण्डले कार्यकारी अध्यक्षको जिम्मा पाए पनि उनी आफैले एक पटकभन्दा बढी बैठकको अध्यक्षता ग्रहण गर्न पाएनन् । अर्कातिर ओलीले नै बैठक बस्न समेत अनिच्छुकता देखाए । तर आफूले भने पार्टीमा सरसल्लाह नै नगरी विभिन्न नियुक्तिदेखिका निर्णयहरु गरे । मन्त्रिमण्डल बिस्तार गरे । स्थायी कमिटीले दिएका निर्देशनको अवज्ञा गरे । 

हुनत ओलीले सबै कुरा प्रचण्डसँग सल्लाह गरी भएको भनी मतैक्य व्यक्त गरेका छन् । तर प्रचण्डसँग मात्रै पनि हैन सरसल्लाह गर्ने । त्यो थलो भनेको सचिवालय बैठक हो । सचिवालयमा ओलीभन्दा पहिले सत्ता सम्हालेका दुई वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल पनि छन् । 

अति भएपछि प्रचण्ड उत्रे व्यक्तिगत आरोपमा । उनले पार्टी एकताका लागि निकै नै त्याग गरेको दावी गर्छन् । । अति भएपछि खति हुन्छ भन्छन् नि त्यस्तै हो अहिलेको नेताहरुको विष्फोटको विचार ओलीले धेरै गरेपछि प्रचण्डलाई पनि अति नै भएको हो । व्यक्तिगत आरोप प्रत्यारोपमै लागेकाले अब मिल्ने सम्भावना झिनो छ । 

ओलीले धेरै नै पेलेको परिणाम प्रचण्डले राजनीतिक प्रस्ताव भन्दा पनि गत हप्ता आरोपपत्र ल्याए । ती आरोपपत्र आफ्नै पार्टीको अध्यक्ष एवं प्रधानमन्त्रीका लागि भने अतिवादको नमूना नै हो । 

तर ओलीमाथि लागेका आरोप नयाँ नभए पनि भ्रष्टाचार बढाएको र राष्ट्रवादको नाममा कुर्सी बचाउने खेलमा लागेको आरोप सधैका लागि र सबैका लागि सान्दर्भिक छ । अब कुनै बेला प्रचण्डसँग फेरि मिलेर शक्ति साटासाट भए पनि ओलीले जनताका लागि भने त्यसको जवाफ दिनुपर्ने एकखाले दवावपूर्ण ह्विम पनि चलिरहेको छ । 


यही बीचमा सचिवालयको बैठक बुधबार बस्दैछ । यो बैठकमा एकपटक फेरि प्रचण्ड र ओली आमने सामने हुँदैछन् । ओलीले पहिलेदेखि नै नक्कली राष्ट्रवादको खोल ओढेको आरोप प्रचण्डले लगाउनु र प्रचण्ड भने जंगलबाट सिंहदरबार छिरेर सर्वहारा वर्गका लागि केही पनि नगरेको देख्दा सबैका असली रुप बाहिर आएकै छन् । 

दुई अध्यक्षबीचको विवाद मिलाउन दोस्रो तहका नेताहरु प्रयासरत रहे पनि सफल हुन नसकेको बताइन्छ । असफल प्रयासबीच पार्टी अब फुट नजिक नै पुगेको विष्लेषणसमेत गर्न थालिएको छ । धेरै विकल्पहरु ओलीसँग बाँकी रहेको भन्दै उनी निकटहरु प्रचण्डसँग अब मिलेर अगाडि बढ्ने अवस्था नरहेको बताउँछन् । 

तर प्रचण्डलाई साथ दिइरहेका वरिष्ठ नेताद्धय माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतम लगायत भने पार्टी एकता मजबुद बनाउन प्रयासरत रहेका छन् । ओलीले फुटाउ र राज गरको नीति फेरि अपनाइरहेको बुझिन्छ । 

उनले नेपाल र गौतमलाई विभिन्न अफर दिएर प्रचण्डसँगको एकता टुक्राउन खोजिरहेका छन् । यद्यपि नेपाल गौतमले भने ओलीलाई सुध्रिन सुझाव दिँदै अहिले कुनै अफरको पछि नलाग्ने सन्देश दिइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ