arrow

भेडीगोठमा पसेर भालुले मार्‍यो बाह्र भेडा

logo
प्रकाशित २०७७ मंसिर २ मंगलबार
Magdi-bhedigoth.jpg

सिँजा । कनकासुन्दरी गाउँपालिका–२  बिताको लेखमा भालुले  बाह्र भेडा मारेको छ । त्यसबाट एकै रातमा रु एक लाख ५० हजारको क्षति भएको छ । 

गत कात्तिक  २९ गते राति १० बजे गोठमा पसेर भालुले भेडा मारेको भेडाधनी रतिमान रावतले बताए ।

लामो समयसम्म भेडा पाल्दै आएका उनले तिहारकै बेला यस्तो दशा आइलागेको गुनासो गरे ।

वर्षौ दिनको मेहनत एकै दिनमा जाँदा  रतिमानको परिवारमा दुःख छाएको छ ।   रारा राष्ट्रिय निकुञ्जले गर्दा भेडा पाल्नेलाई धेरै घाटा भएको उन बताउछन् ।

 निकुञ्जबाट निस्केर भालुले धेरै भेडा मारेको खबर  पाउँदा पनि गाउँपालिका भने बेखबर भएको आरोप पनि उनले लगाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ