arrow

नेवार समुदायले भाइटीका लगाएसँगै सकियो तिहार

logo
प्रकाशित २०७७ मंसिर २ मंगलबार
bhai-tika-tihar.jpg

काठमाडौँ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयाका दिनसम्म मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व मंगलबार दोस्रो दिन किजापूजा गरेसँगै समाप्त भएको छ । नेवार समुदायको केही समूहमा कात्तिक शुक्ल द्वितीयामा सूर्योदय भएका दिन नै भाइटीका लगाउने कूल परम्परा रहेकाले सो समूहका दाजुभाइले मंगलबार दिदीबहिनीबाट टीका लगाएका हुन् । नेवार समुदायका केही समूहका दिदीबहिनी र दाजुभाइले श्रद्धा, र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिएका छन् । 


 दिदीबहिनीलाई पूजा गर्नाले  अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ ।   यसैगरी दिदीबहिनी एवं दाजुभाई नहुनेले भाइटीकाका अवसरमा दर्शन गर्ने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर मंगलबार पनि बिहानदेखि नै खुला छ । यमपञ्चक भने सोमबार नै सकिएको हो ।
     
यसपटक पाँच वर्षअघिको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माणपछि तिहारमा पहिलो पटक खुलेको हो । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाका अवसरमा मात्र खुल्छ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन् । पाँच वर्षपछि खुलेको बालगोपालेश्वरमा मंगलबार पनि भक्तजनको भीड लागेको छ ।
 
 यसैगरी जयबागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि मंगलबार दिदीबहिनी नहुने दाजुभाइले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् डा गोविन्द टण्डनले बताए ।
 
भाइटीकाका अवसरमा मंगलबार पनि सरकारले सार्वजनिक बिदा दिएको छ । सोमबारदेखि नेपाल संवत्अनुसारको नयाँ वर्ष ११४१ पनि शुरु भएको छ । एक हजार १४१ वर्षअघि शङ्खधर साख्वाले नेपाल संवत्को शुरुआत गरेका थिए 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ