arrow

कोरोना जिते पनि निमोनियासँग हारे रेडक्रसका पूर्वअध्यक्ष शर्मा, ग्राण्डीमा निधन

logo
प्रकाशित २०७७ मंसिर २ मंगलबार
grandi_hospitol.jpg

काठमाडौँ । अग्रज समाजसेवी, नेपाल रेडक्रस सोसाइटीका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष रमेशकुमार शर्माको मंगलबार निधन भएको छ । 

कोभिडलाई जितेर पनि निमोनिया र अन्य स्वास्थ्य समस्याका कारण मंगलबार बिहान उनको ग्राण्डी अस्पतालमा निधन भएको हो । 

त्रियानब्बे वर्षीय शर्माको मृत्युले सामाजिक सेवा क्षेत्रले एक अगुवा गुमाएको छ । उनले स्पेनका राजाबाट समाजसेवा सम्मान प्राप्त गरेका थिए ।

मंगलबारै उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । सोसाइटीको तर्फबाट अध्यक्ष डा नेत्रप्रसाद तिम्सिना र महामन्त्री पीताम्बर अर्यालले स्व शर्माको पार्थिव शरीरमा रेडक्रसको  झण्डा र पुष्पगुच्छा अर्पण गरेका थिए। उनका तीन छोरा र दुई छोरीहरु छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ