arrow

पोखराबाट हिडेको हायस माइक्रो सडकबाट खस्यो

logo
प्रकाशित २०७७ मंसिर ३ बुधबार
hiace.png

दमौली । तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा बुधबार बिहान माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् ।

पोखराबाट मानहुँकोट जाँदै गरेको ग१ख २९४२ नंको हायस माइक्रो मानहुँकोट पुग्ने बेला ढलान गरेको सडकबाट तल खस्दा पोखरा महानगरपालिका तल्लो गगनगौडा बस्ने २८ वर्षीया सुनिता गुरुङको मृत्यु भएको हो । 

उनको दमौलीस्थित रत्नहरि अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा पाँच जना घाइते भएका छन् । माइक्रो सडकदेखि अन्दाजी ६०० मिटर तल खसेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ