arrow

सार्न नसकेपछि सचिवालय बैठकमा ओली सहभागि, वैठक दश दिनपछि फेरि

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर ३ बुधबार
ncp-sachibalaya4.jpg

काठमाडौं। अनेक प्रयत्न गरेर पनि सार्न नसकेपछि प्रधानमन्त्री निवास बालुवाटारमै बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओली पनि सहभागी भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राजदुत होउ यान्छीसमेतको परामर्श पछि ओली बैठकमा बस्न राजी भएका हुन् । सर्प पनि मर्ने लौरो पनि नभाचिने गरी सहमतिका लागि थप डेढ हप्ताको कुलिङ समय लिनेगरि वैठकमा ओली सहभागी भएका थिए। सचिवालयको वैठकले सोहि अनुसार निर्णय गरेको हो । वैठक सूचारु गर्ने र छोटो समय राखेर स्थगित गरिएको हो। एजेण्डामा खासै प्रवेश नै नगरी वैठक सारिएको हो ।

अघिल्लो सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीको आलोचना गरेर छुट्टै प्रस्ताव ल्याएपछि ओली र प्रचण्ड बिचमा राजनैतिक द्धन्द्ध चुलिएको छ। नेपालका लागि चीनका राजदूत हाउ यान्छी नेकपाको बिवाद मिलाउन सक्रियता लिएसगै बैठक एकछिन चलेर रोक्ने गरि सहमतिमा पुगेको थियो। यस अघि पनि ओली र प्रचण्डको बिवादले उग्ररुप लिएर पार्टी फुट्ने सम्मको अवस्था आएको बेला चिनियाँ राजदुतकै सक्रियतामा बिवाद मत्थर भएको हो।

नेकपाभित्रको विवाद उग्र बन्दै गएसगै यो हप्ता नेताहरुको दौडधुप बढेको छ भने  राष्ट्रपतिले समेत चासो देखाउँदै ओली र प्रचण्ड लगायतका नेतासंग छलफल गरेकी छिन्। अझ राष्ट्रपति हिजो बिलुका प्रधानमन्त्रीलाई मध्य रातमा भेटेकी थिइन भने पुन आज बिहान १२ घण्टा नबित्दै प्रधानमन्त्रीलाई भेटेकी थिइन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ