arrow

कोरोनाबाट मृत्यु भएका बर्माको १३औँ पुण्यतिथि, पत्रकारिता पुरस्कार स्थापना गरिने

logo
प्रकाशित २०७७ मंसिर ३ बुधबार
sitaram-barma-patrakar.jpg

धादिङ । नेपाल पत्रकार महासंघ धादिङका संस्थापक सभापति सीतारामप्रसाद बर्माको निधन भएको १३औँ पुण्यतिथिको अवसरमा श्रद्धाञ्जलिसभा आयोजना गरिएको छ ।

नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनको आयोजनामा सम्पन्न श्रद्धाञ्जलिसभामा नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले बर्माको नाममा स्मृतिस्वरुप पत्रकारिता पुरस्कार स्थापना गर्न सहयोग गर्ने बताउँदै देशले चिनेको पत्रकार बर्मालाई आफूले चिनाउन योगदान गर्ने बताए ।
 
कार्यक्रममा महासंघ वाग्मती प्रदेशका कोषाध्यक्ष सीताराम अधिकारी, प्रेस सङ्गठन नेपालका केन्द्रीय सदस्य केशव अधिकारी, प्रेस युनियनका केन्द्रीय सदस्य मुरारी अधिकारीले पत्रकारिता क्षेत्रमा स्व. बर्माले पुर्‍याएको महत्वपूर्ण योगदानमाथि प्रकाश पारे । 

कात्तिक २१ गते  उपचारका क्रममा ७९ वर्षका उमेरमा पत्रकार बर्माको निधन भएको थियो । निमोनिया, उच्च रक्तचाप र मधुमेहका बिरामी बर्मा कोरोना भाइरस संक्रमणबाट निको भएर उपचार गराउँदै गरेको अवस्थामा किष्ट मेडिकल कलेज ग्वार्को ललितपुरमा उनको निधन भएको थियो ।

 नेपाल पत्रकार महासंघ धादिङका संस्थापक सभापति बर्मा प्रेस युनियन धादिङकासमेत संस्थापक थिए । बर्माले नेपाल प्रेस काउन्सिलबाट प्रेस स्वतन्त्रता सेनानी सम्मान पाइसकेका थिए ।
     
करिब तीन दशकदेखि राससमा कार्यरत उनी राससबाट पनि सम्मानित भएका थिए । गोरखा पुख्र्यौली थलो भई धादिङलाई कर्मथलो बनाएका बर्माका श्रीमती, एक छोरा र तीन छोरी छन् । लेखापढी व्यवसायी संघ धादिङ, नीलकण्ठ सहकारीलगायत जिल्लास्थित नागरिक अधिकारसँग सम्बन्धित एक दर्जन संस्थामा उनी आबद्ध भएको बर्माका बुहारी भवानी बर्माले जानकारी दिइन् ।
     
धादिङका पुराना पत्रकार बर्माको स्मृतिमा स्मृति पत्रकारिता पुरस्कार स्थापना गर्न नेपाल पत्रकार महासंघले अगुवाइ गर्ने  जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ