arrow

ढकाल समूहको विजय यात्रा शुरु, गृहजिल्ला मोरङबाटै प्रधानलाई धक्का

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर ४ बिहिबार
chandra-dhakal-ccm-rajendra.jpg

काठमाडौं। नेपाल उद्योग वाणिज्य महामसंघको निर्वाचनमा चन्द्रप्रसाद ढकाल समूहले विजय यात्रा शुरु गरेको छ । वरिष्ठ उपाध्यक्षका प्रत्याशी चन्द्रप्रसाद ढकालको प्यानलबाट प्रदेश सदस्यको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका राजेन्द्र राउत १ नं प्रदेशबाट निर्विरोध निर्वाचित भएका हुन् । 

यसअघि मोरङ व्यापार संघको कार्यकारी सदस्य समेत रहेका उनी हाल नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश नं १ को उपाध्यक्ष समेत हुनुहुन्छ । विराटनगर निवासी उनको यो विजयलाई ढकाल समूहले एक महत्वपूर्ण विजयका रुपमा लिएको छ । मोरङ महासंघको वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानको गृह जिल्लाका राउत ढकाल समुहबाट निर्विरोध हुनुले ढकाल समुहको मनोबल थप उच्च भएको छ। 

ढकाल समूहका सदस्य तथा पदाधिकारीहरुले १ नं प्रदेशबाट नै यसरी विजय यात्रा शुरु भएकोले निर्वाचनमा आफूहरुको समूहको विजय सुनिश्चित भएको बताएका छन् । आज उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने अन्तिम दिन हो । आज पाँच बजेसम्म पनि कसैको उम्मेदवारी नपरेपछि १ नं प्रदेशबाट राउत निर्विरोध भएका हुन् ।

उपाध्यक्षका उम्मेदवार ढकाल हालैमात्र निर्वाचन प्रचारका क्रममा १ नं प्रदेशको भेडेटारमा गएका थिए । त्यस क्रममा ५२ जिल्ला नगर अध्यक्ष सहित एक सयभन्दा बढी उद्योगी व्यवसायी त्यहाँ पुगेका थिए । त्यस क्रममा उनीहरुले ढकाललाई समर्थन गर्ने बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ