arrow

छठमा राष्ट्रपति सहभागी नहुने

logo
प्रकाशित २०७७ मंसिर ४ बिहिबार
President-Bidhya-Devi.jpg

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी कोभिड–१९ को विश्वव्यापी महामारीका कारण यस वर्षको छठ पर्वका अवसरमा काठमाडौँका विभिन्न स्थानमा सरिक हुन नसक्ने भएकी हुन् ।

राष्ट्रपति भण्डारी विगत वर्षमा काठमाडौँका गुहेश्वरी–गौरीघाट र कमलपोखरीमा सहभागी हुने गरेकी थिइन् । राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले बिहिबार विज्ञप्ति जारी गरी उक्त जानकारी दिएका हुन्। 

राष्ट्रपति भण्डारी यस वर्षको वडादशैँका अवसरमा शक्तिपीठको दर्शन र भ्रमणमा पनि गएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ