arrow

बिहान घरबाट निस्किएका वडाध्यक्ष मृत भेटिए

logo
प्रकाशित २०७७ मंसिर ५ शुक्रबार
Dead_Body.jpg.jpeg

महेन्द्रनगर । कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ का वडाध्यक्ष कृष्णबहादुर रोकाया शुक्रबार बिहान मृतावस्थामा फेला परेका छन्।

सन्ताउन्न वर्षीय वडाध्यक्ष रोकायालाई घरबाट करीब एक किलोमिटर टाढा आत्महत्या गरेका अवस्थामा भेटिएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले बिहान ७ बजेतिर घरबाट निस्किएका उनलाई साढे १० बजे मृत भेटिएको जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ