arrow

नेकपामा सांसदको अंकगणित शुरु, कुन सांसद कुन गुटमा?

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर ५ शुक्रबार
kp-prachanda-madhav.jpg

काठमाडौं । आन्तरिक विवादमा रुमलिएको नेकपाभित्र संसदीय अंकगणितको जोडघटाउ शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहुमत रहेपनि संसदमा प्रस्तुत हुने स्पष्ट बहुमत नपुगेपछि अहिले वरिष्ठ नेता माधवकुमार नेपाल र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग रहेका सांसदहरुलाई कसरी आफूतिर तान्ने भनेर लागिरहेका छन् । ओली समूहले आफूसँग ९२ जना सांसद रहेको भनेपनि हाल ७५-७६ जना सांसद मात्रै रहेको स्रोतको दावी छ । केही सांसदहरु खुलेका छैनन भने केही तटस्थ बस्ने संभावना रहेको छ। 

त्यस्तै वरिष्ठ नेता माधवकुमार नेपाल र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग पनि ७२ जना भन्दा बढी सांसद पुग्दैनन । उनीहरु पनि आफ्नो पक्षमा सांसद पुर्याउन जोड गरिरहेका छन् । तर पार्टी फूट्ने सन्दर्भमा भने केही सांसदहरु मौन बस्न सक्ने भएकाले प्रचण्ड नेपाल समूहलाई पनि बहुमत पुग्ने अवस्था छैन। सांसदहरुको हकमा प्रचण्ड नेपाल पक्ष कमजोर देखिएपछि अहिले १० दिनको समयमा सांसद तानेर बहुमत पुर्याउन कसरतमा ओली पक्ष लागेको छ । यस्तो छ सांसदहरुको अंक गणितः

केपी ओलीनिकट रहेका सांसदहरु
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली निकट रहेकाहरुमा सुवास नेम्वाङ, बसन्त नेम्वाङ, एलपी साँवा लिम्बू, शिवमाया तुम्वहाम्फे, पद्माकुमारी अर्याल, नारदमुनी राना, ईश्वर पोखरेल, राजेन्द्रप्रसाद गौतम, तिर्था गौतम, रुकुम रघुवीर महासेठ, गणेशसिंह ठगुन्ना, भैरवबहादुर सिंह, जुलीकुमारी महतो, नविना लामा, रामवीर मानन्धर, दलबहादुर राना, धनबहादुर वुढा, राधा ज्ञावली, रूपन्देही, तुलसी थापा, बर्दिया, घनश्याम खतिवडा, भानुभक्त ढकाल, विशाल भट्टराई, लीलानाथ श्रेष्ठ, पार्वत गुरुङ, गोकुल बास्कोटा, भूमिप्रसाद त्रिपाठी, खेमप्रसाद लोहनी, कृष्णप्रसाद दाहाल, कृष्णबहादुर राई, कृष्णगोपाल श्रेष्ठ, नवराज सिलवाल, महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ, केदार सिग्देल, खगराज अधिकारी, जगतबहादुर सुनार विश्वकर्मा, नारायण मरासिनी, पदम गिरी, डा सूर्य पाठक, भूपेन्द्रबहादुर थापा, पोल्देन छोपाङ गुरुङ, प्रेम तुलाचन, गोमा देवकोटा, गंगा चौधरी, सत्गौवा, थममाया थापा, मोहन वानियाँ, निरुदेवी पाल, विजय सुब्बा, मोतिलाल ढुगड, रेखा कुमारी, कलिला खातुन, कुमारी मेचे, शान्ता चौधरी, शान्तिमाया तामाङ पाख्रिन, सुजिता शाक्य, सरिता न्यौपाने, बिनादेवी वुढाथोकी, मैनकुमारी भण्डारी, गुल्मी विष्णु शर्मा, बिनाकुमारी श्रेष्ठ, बिन्दा पाण्डे, तिलकबहादुर महत, छविलाल विश्वकर्मा, बिष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, नन्दलाल रोकाय क्षेत्री, रविन्द्रराज शर्मा, नरबहादुर धामी, दामोदर भण्डारी, लालबहादुर थापा, आशाकुमारी विक, विद्या भट्टराई, राजबहादुर बुढा, प्रेम आले, विमला विश्वकर्मा, विमला विक रहेका छन्। 

माधव नेपालनिकट
माधव नेपाल निकट रहेकाहरुमा झलनाथ खनाल, लालबाबु पण्डित, जयकुमार राई, यज्ञराज सुनुवार, राजेन्द्र राई, योगेश भट्टराई, गणेशकुमार पहाडी, भीमबहादुर रावल, यज्ञबहादुर बोगटी, कल्याणीकुमारी खड्का, पुष्पाकुमारी कर्ण, मुकुन्द न्यौपाने, शेरबहादुर तामाङ, नारायण खतिवडा, बिरोध खतिवडा, जीवनराम श्रेष्ठ, सुरेन्द्र पाण्डे, रामकुमारी झाक्री, कृष्णभक्त पोखरेल, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, गोकर्ण विष्ट, मेटमणि चौधरी, हिराचन्द्र केसी, ध्रुवकुमार शाही, गोपालबहादुर बम, नवराज रावत, झपट रावल, दीपक प्रकाश भट्ट, समीना हुसेन, सरलाकुमारी यादव, निरादेवी जैरु, मायादेवी न्यौपाने, लक्ष्मीकुमारी चौधरी, कृष्णलाल महर्जन, मनकुमारी जिसी, कुमारी विशेंख, सरिताकुमार गिरी, पवित्रा खरेल निरौला, भवानीप्रसाद खापुङ रहेका छन्

पूर्वमाओवादी समूहका सांसद
प्रचण्डले नेतृत्व गरेको पूर्वमाओवादीमा अन्जना विसंखे, गिरिराजमणि पोखरेल, अमृता थापा, पम्फा भुषाल, यशोदा, सुवेदी गुरुङ, अग्निप्रसाद सापकोटा, अमनलाल मोदी, इन्दुकुमारी शर्मा, ओनसरी घर्ती, कमला रोका, सुरेशचन्द्र दास, कृष्णबहादुर महरा, गजेन्द्रबहादुर महत, गौरीशंकर चौधरी, गंगाबहादुर तामाङ, चक्रपाणि खनाल, चाँदतारा कुमारी, चुडामणि खड्का, जर्नादन शर्मा, जयपुरी घर्ती, टेकबहादुर वस्नेत, टोपबहादुर रायमाझी, दिलकुमारी दुर्गाबहादुर रावत, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, धर्मशीला चापागाई, पूर्णकुमारी सुवेदी, प्रभु शाह, वर्षमान पुन अनन्त, वीना मगर, महेश्वरराज गहतराज अथक, मातृकाप्रसाद यादव, रामेश्वर राय यादव, रेखा शर्मा, लेखराज भटट, शक्तिबहादुर वस्नेत, शशि श्रेष्ठ, शिवकुमार मण्डल केवट, श्यामकुमार श्रेष्ठ, सत्या पाहाडी, सन्तकुमार थारु, सुदन किराँती, सुरेन्द्रकुमार कार्की (राम कार्की), सुरेशकुमार राई, हरिराज अधिकारी, हरिवोलप्रसाद गजुरेल, हितबहादुर तामाङ, हेमकुमार राई, बोधमायाकुमारी यादव, दुर्गाकुमारी विश्वकर्मा, रामकुमारी चौधरी, छक्कबहादुर लामा रहेका छन्। 

तत्कालीन एमालेको चुनाव चिह्न सूर्यबाट निर्वाचित स्वतन्त्र हृदयेश त्रिपाठी र बृजेशकुमार गुप्ता ओली निकट छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ