arrow

जनताले उपचार पाएका छैनन्, सरकारलाई सत्ताको चिन्ता- डा.महत

नागरिकले कम्युनिष्ट शासन चिन्न पाए 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर ५ शुक्रबार
dr-mahat-sanjay-rajiv-bardi.jpg

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले नेपाली नागरिकले उपचार नपाएर छटपटाएरहेपनि सरकार भने आफ्नो सत्ता टिकाउनमै मात्र ब्यस्त रहेको आरोप लगाएका छन् । डा.महतले भने– 'देश महामारीमा भएका कारण जनता ठूलो समस्यामा छन्, जनताले उपचारका लागि अस्पतालको बेड नपाएर छट्पटाएका छन् तर सरकारले भने आफ्नो सत्ता टिकाउने मात्रै ध्यानमा छ ।'

आफूलाई अप्ठेरो परिरहेका बेला, देश ठूलो महामारीमा फसेका बेला तथा जसका कारण हात मुख जोर्ने समस्यामा जनता परेका बेला सरकार उनीहरुका समस्याप्रति जिम्मेवार बन्न नसकेको भन्दै डा.महतले भने– 'नेपाली जनताले कम्युनिष्ट सरकार कस्तो हुन्छ भन्ने कुरा बल्ल थाहा पाएका छन् ।' 

देशका प्रधानमन्त्री नै आफ्नो पद कसरी जोगाउने भनेर आफ्नो पार्टीभित्रका अनेटक तिकडममा फसेको अहिलेको अवस्थालाई डा.महतले लाजमर्दाे भनेका छन् । बर्दियामा नेपाली कांग्रेस कोरोना अनुगमन समितिका तर्फबाट गरेको अन्तरिक्रयामा सो समितिका संयोजक समेत रहेका डा.महतले रोगको संक्रमणका कारण बढेको महामारी, बेरोजगारी, महंगीबाट आदिबाट जनता आहात भएका तर सरकारले भने राहात दिने बेलामा पनि पार्टी हेरेको आरोप लगाए ।  

डा.महतले वर्तमान सरकार जनताका समस्याप्रति पूरै असंवेदनशिल भएको बताए । सरकार जनताका समस्याप्रति कति असंवेदनशील छ भन्ने कुरा त भोका नागरिकलाई महानगरपालिकाले खुलामञ्चबाट कसरी लखेट्यो भन्ने घटनाबाट नै स्पष्ट भएको महतले स्मरण गराए ।

सहमहामन्त्री डा.महतले देश र जनता यस्तो अप्ठेरो परेका बेलामा जनतालाई के कसरी सहयोग गर्न सकिन्छ भन्ने बारेमा गम्भीर रुपमा सोच्न र आआफ्नो ठाउँबाट सक्दो सहयोग पुर्याउन उनले नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई आग्रह गरे । नेपाली कांग्रेस दशकौंदेखि नेपाली जनताका समस्यासँग परिचित रहेर जनताका सुख दुःखमा साथ दिई आएको नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी भएकोले जिम्मेवार रहेको र जनतालाई अप्ठेरो परेका बेलामा सधैं साथमा रहेको उनले बताए । 

भोलि पनि जनताको साथमा रहने राजनीतिक शक्ति भनेको नेपाली कांग्रेस नै हो भन्दै अहिले जनता वर्तमान सरकारदेखि आहत भएकोले यो सरकारको विकल्पमा आफै सडकमा आउने पनि डा.महतले बताए । कार्यक्रममा नेपाली कांग्रेस बर्दियाका सभापति संजय गौतम, संविधानसभा सदस्य राजीव शाही लगायतले नागरिकको जिम्मेवारीबाट पन्छिएको भन्दै सरकारको आलोचना गरे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ