arrow

केपी ओली निकट कार्यकर्ताले चितवनमा विथोले पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको कार्यक्रम

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर ६ शनिबार
surendra_pandye.JPG

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको कार्यक्रम नेकपाकै कार्यकर्ताले विथोलेका छन् । चितवन क्षेत्र नं. १ बाट नेकपाका प्रतिनिधिसभा सदस्य समेत रहेका पाण्डेको उपस्थितिमा भएको कार्यक्रम नेकपाकै कार्यकर्ताले विथोलेका हुन् । पाण्डेको कार्यक्रम विथोल्नेहरु नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली निकट मानिन्छन् । पाण्डेले शुक्रवारदेखी नै पार्टी कमिटीलाई नगर तथा निर्वाचन क्षेत्रमा पार्टी कार्यकर्ता भेला गराईदिन आग्रह गरे अनुसार शनिवार पार्टी कमिटीले कार्यक्रम आयोजना गरेको थियो । 

विरेन्द्रनगर आफ्नै निवास छेउमा राप्ती नगरपालिका कमिटीले कार्यक्रम आयोजना गरेको थियो । विकास निर्माण तथा संसद विकास कोषको विषयमा छलफल गर्ने भनि बोलाएपनि विकास निर्माणको एक शब्द पनि उल्लेख नगरी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली विरुद्ध भाषण दिन थालेको भन्दै ओली निकटहरुले होहल्ला गर्दै  कार्यक्रम विथोलेका हुन् । पाण्डेले प्रधानमन्त्री केपी ओलीसँग समबन्धित तथ्यहरु राख्दै गर्दा अचानक बिराेधको सामना गरेका थिए । मदन भण्डारीलाई चिनजान गराईदिएकोे, राधिका शाक्यसँग विवाह समेत आफैले गराईदिएको बताएका पाण्डेले सत्ताको दुरुपयोग, भ्रष्टाचार, अनियमितता गरेकोलगायतका आरोप लगाए लगत्तै ओली निकटहरु आक्रोशि भइ उनलाई बोल्न नै रोकेका थिए ।

आफ्नो क्षेत्रमा विकासको नेतृत्व समेत गर्न नसक्ने पार्टीभित्रै गुट तथा उपगुटको नेतृत्व गरी पार्टीलाई विभाजनको अस्थामा पु्र्याउन पाण्डेको भूमिका रहेको भन्दै कार्यकर्ता उनी बिरुद्ध उत्रिएका थिए । नेकपाका कार्यकर्ता रमेश आचार्यले यो त शुरुवात मात्रै भएको बताउँदै भने, ‘सुरेन्द्र पाण्डेले विकास आयोजन तथा निर्वाचन क्षेत्रविकास कोष (सांसद विकास कोष)को बारेमा पार्टी कार्यकर्तासँग छलफल गर्नुछ भनि पार्टी कमिटीलाई कार्यक्रम आयोजना गर्न लगाउनुभयो । त्यसपश्चात कमिटीले कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा विकास आयोजनाको कुनै प्रसंग नै चलाउनुभएन । चलाउनुभयो त केवल पार्टीभित्रको गुट र उपगुटको । प्रधानमन्त्रीलाई गाली वेइज्जत गर्नुभयो । संगिन आरोपहरु लगाउनुभयो । उहाँको प्रस्तुतीलाई सुन्ने हो भने पार्टीमा सवैथोक आफु मात्र र आफु रहेको गुटमात्र राम्रो, अरु सवै गलत र विश्वासघाती जस्ता शब्दहरु प्रयोग गर्नुभयो । नेता पाण्डे विकासको लागि नभई जनता तथा कार्यकर्तालाई भड्काउन आउनुभएको रहेछ । तर हामी सच्चा कार्यकर्ताले उहाँलाई नै भड्काएर एकता विरोधी तथा पार्टी अध्यक्षलाई संगिन आरोप लगाउनेलाई सम्झाएर पठाएका हौं ।’

विगत केही समय अघिदेखी काठमाडौँमा रहँदा समेत पार्टी एकताको पक्षमा नभई विभाजनको संघारमा पुर्याउने प्रकारका अभिव्यक्ति पाण्डेले दिइरहेको आरोप लगाउँदै कार्यकर्ताले उनलाई बोल्न समेत नदिई पठाएको घटनाले नेकपाभित्रको विवाद तल्लोतहसम्म पुगेको संकेत गरेको छ । आचार्यले प्रधानमन्त्री ओली बिरुद्ध अभिव्यक्ति दिने नेकपाका नेता सुरेन्द्र पाण्डेलाई स्थानिय यूवाहरुले भगाएको जनाउँदै  फेसबुकमा भिडियो सहितको कमेन्ट गर्दै भनेका छन्, 'युवा संघ चितवनका नेताहरु केदार आचार्य र तार्केश्वरनाथ सिंह तथा अनेरास्ववियु चितवनका नेताहरु सुरज थपलिया र प्रकाश कालाखेती लगायतका युवा विद्यार्थी कमरेहरुले नारावाजी गर्दै यसरी पाण्डेलाई लखेटेका छन् ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ