arrow

सरकार विदेशीको इसारामा चल्न थाल्योः प्रकाशशरण महत

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर ६ शनिबार
Dr._Prakashsharan_Mahat_.jpg

काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले केपी ओली नेतृत्वको सरकार भ्रष्टचारमा लिप्त छ भन्ने कुरा त सत्तारुढ नेकपाकै अध्यक्ष प्रचण्डको पत्रबाट स्पष्ट भएको बताएका छन् । नेपाली कांग्रेसको कोरोना अनुगमन समितिद्धारा नेपालगन्जमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उनले भने– यो सरकार भ्रष्टहरुको झुण्ड हो भन्ने कुरा नेपाली कांग्रेसले पहिलेदेखि नै भन्दै आएको कुरा प्रचण्डको पत्रले थप पुष्टि गरेको छ । 

डा.महतले भने – तपाईहरुलाई थाहै छ वर्तमान सत्तारुढ नेकपाका दुई जना अध्यक्ष छन् र एकजना अध्यक्ष प्रचण्ड हुनुहुन्छ, उहाँले प्रधानमन्त्री तथा सोही दलका अर्का अध्यक्षलाई लेखेको पत्रमा नै यो सरकारका भ्रष्ट क्रियाकलापले जनतामा सरकार र पार्टी दुवैको छवि विग्रिएको स्पष्ट रुपमा भन्नुभएको छ । वर्तमान सरकारले नेपालमा अनावश्यक विदेशी हस्तक्षेप गराएको आरोप पनि महतले लगाए । उनले थपे– यो सरकारलाई आफैप्रति तथा जनताप्रति पनि कुनै विश्वास छैन बरु विदेशीहरु आएर तिमीहरु मिल भन्दा मिल्छ । उनको संकेत हालैमात्र नेकपामा भएको विवादमा चिनियाँ राजदूतले प्रधानमन्त्री लगायतलाई गरेको भेटप्रति लक्षित थियो । 

महतले भने, त्यसैले जुन सरकारले हाम्रो शक्तिको स्रोत विदेश हो भन्ने ठान्दछ, त्यो पार्टी देश र जनताको पक्षमा छैन, नेपाली जनताले आफ्नो सरकारका रुपमा लिन पनि सकेका छैनन् । राष्ट्रवादको नाममा नारा दिएर सत्तामा आए पनि यो सरकारको व्यवहार उल्टो छ, त्यसैले सरकारको यो खोक्रो राष्ट्रवाद हो ।डा.महतले नेकपा नेपाली जनताका तथा किसानका समस्याहरुमा संवेदनशील नरहेको बताए । उनले भने– मलखाद किन्दा कमिसन हेरेर बस्ने, कमिसन आउँछ कि आउँदैन भनेर कुर्ने र किसानका लागि समयमा नल्याउने यो सरकार किसानका समस्याप्रति कहिल्यै संवेदनशील छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ