arrow

सुरेन्द्र पाण्डेको कार्यक्रम बिथोल्न खोज्नेको छानबिन गर्न नेकपाको माग

logo
प्रकाशित २०७७ मंसिर ७ आइतबार
surendra-pandey.jpg

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले पूर्वी चितवनको राप्ती नगरपालिकामा शनिबार भएको घटनाप्रति खेद व्यक्त गरेको छ ।

पार्टीले आइतबार जारी गरेको विज्ञप्तिमा  स्थायी कमिटी सदस्य एवं चितवन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुरेन्द्रप्रसाद पाण्डे उपस्थित कार्यक्रममा होहल्ला भएको घटनाको छानबिन गर्न माग गरिएको छ ।

पार्टी अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेलले हस्ताक्षर गरेको विज्ञप्तिमा राप्ती नगर कमिटीको तेस्रो बैठकमा पाण्डेले सम्बोधन गरिरहेका अवस्थामा कमिटीमा नै नरहेका बाहिरबाट आएका व्यक्तिले होहल्ला गरी बैठक बिथोल्न  खोजेको जनाइएको छ ।

 विज्ञप्तिमा भनिएको छ, “पार्टी नगर कमिटीको औपचारिक बैठक बसिरहेको अवस्थामा र राप्ती नगरभित्रको विकास निर्माणसम्बन्धी छलफलमा गरिएको अभद्र व्यवहारप्रति जिल्ला कमिटी खेद व्यक्त गर्दछ ।”

चितवन क्षेत्र नं. १ बाट नेकपाका प्रतिनिधिसभा सदस्य समेत रहेका पाण्डेको उपस्थितिमा भएको कार्यक्रम नेकपाकै कार्यकर्ताले विथोलेका थिए। पाण्डेको कार्यक्रम विथोल्नेहरु नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली निकट मानिन्छन् । पाण्डेले शुक्रवारदेखी नै पार्टी कमिटीलाई नगर तथा निर्वाचन क्षेत्रमा पार्टी कार्यकर्ता भेला गराईदिन आग्रह गरे अनुसार शनिवार पार्टी कमिटीले कार्यक्रम आयोजना गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ