arrow

राप्रपा संयुक्तको जिल्ला अध्यक्ष, कार्यसमितिसहित ५४ नेता कांग्रेसमा प्रवेश

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७७ मंसिर ७ आइतबार
rpp-prabesh.PNG

कपिलवस्तु । राप्रपा संयुक्तका जिल्ला अध्यक्ष राम आषिष पाण्डेयसहित ५४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन । मुलुक अत्यन्तै कठीन परिस्थितिबाट गुज्रीरहेका बेला आफना पार्टीका केन्द्रिय नेताहरुले कुनै ठोस कदम चाल्न नसकेको भन्दै देशमा निकास र लोकतन्त्रको रक्षाकालागि भन्दै राप्रपा संयुक्तको जिल्ला कार्य समितिका पदाधिकारी र सदस्यसहित ५४ जना नै पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन ।

 जिल्ला अध्यक्षसहित जिल्ला समितिका पदाधीकारी र जिल्ला स्तरिय नेता प्रवेश गरेको र अन्य तह र तप्काका सवै सदस्यहरु पनि स्वतह पार्टीमा प्रवेश गरेका अध्यक्ष पाण्डेयले बताए । नेपाली कांग्रेस कपिलवस्तुको तौलिहवा स्थित पार्टीका कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा राप्रापा संयुक्त परित्याग गरी प्रवेश गरेका ५४ जनालाई नै पार्टीका केन्द्रिय सदस्य तथा सांसद अतहर कमाल, कांग्रेसका बैकल्पिक केन्द्रिय सदस्य तथा सांसद अभिषेक प्रताप शाह, राजशे सिंह, पार्टी जिल्ला सभापति सुरेन्द्रराज आचार्य लगायतले उनीहरुलाई खादा ओढाई अबिर लगाएर पार्टी प्रवेश गराएका थिए। 

कार्यक्रममा नै उनीहरुलाई पार्टीको साधारण सदयस्ता समेत प्रदान गरिएको थियो । रापपा संयुक्तका पार्टी उपाध्यक्ष साजिद अली, सचवि तारा प्रसाद मिश्रा, सह सचिव राधेश्याम यादव, कोषाध्यक्ष काशिराम यादव, प्रबक्ता अर्थ बहादर बिष्ट लगायतले कांग्रेस प्रवेश गरेका थिए ।

 सो अवसरमा पार्टीका केन्द्रिय सदस्य अतहर कमालले नेकपाको दुई तिहाई सरकारबाट जनता आक्रान्त भएका बेला राप्रपा संयुक्त कासाथीहरु कांग्रेसमा प्रवेश गरे पछि पार्टी झन सशक्तरुपम अघि बढने बताए । उनले अब लोकतन्त्रको रक्षा र जनताको सवालमा सबै मिलेर सशक्तरुमा अघि बढनु पर्ने बताए । 

कांग्रेस केन्द्रिय आमन्त्रित सदस्य अभिषेक प्रताप शाहले राप्रपा संयुक्तका साथीहरुले कांग्रेसमा प्रवेश गरेर ठीक निर्णय लिएको बताए । उनले कांग्रेसको जिल्लामा झनै मजबुत भएको उनले बताए । सो अवसरमा कांग्रेस केन्द्रिय आमन्त्रित सदस्य तथा राप्रपा संयुक्तका पुर्व केन्द्रिय सदस्य राजेश सिंहले जन सवालमा बर्तमान सरकार पुर्णतय असफल भएको र सरकारले हरेक क्षेत्रमा हस्क्षेप गरी मुलुकलाई नै बर्वाद गर्न खोजेका बेला त्यस बिरुद्ध आजवा बुलन्द गर्न कांग्रेसमा प्रवेश गरेको उनले बताए ।

 सो अवसरमा कांग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले नव आगन्तुक पार्टी सदस्यहरुलाई उचित स्थान दिईने बताए । पार्टी सभापति सरेन्द्र आचार्यको अध्यक्षता, बिरेन्द्र मिश्राको संचालनमा भएको कार्यक्रममा पार्टीका पुर्व जिल्ला सभापति राजेश आचार्य सुधाकर पाण्डेय लगायतले मन्तब्य दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ