arrow

सोह्र सय उनन्सत्तरी जनामा संक्रमण, सोह्रको मृत्यु

उपत्यकामा ९५७

logo
प्रकाशित २०७७ मंसिर ७ आइतबार
corona-nepal-ministry.JPG

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप सोह्र सय उनन्सत्तरी जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ३२ जनाको नमूना परीक्षण गर्दा थप सोह्र सय उनन्सत्तरी जनामा कोरोना संक्रमण पुष्टि भएका हुन् । थपिएका कूल संक्रमितमध्ये काठमाडौँ उपत्यकामा मात्रै ९५७ जना छन् ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको सङ्ख्या दुई लाख २० हजार ३०८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको सङ्ख्या पाँच हजार ६९९ छ । हालसम्म संक्रमणमुक्त हुनेको सङ्ख्या एक लाख ९९ हजार २४ रहेको छ । देशैभरी जम्मा सक्रिय संक्रमितको सङ्ख्या १९ हजार ९६३ रहेको मन्त्रालयले जनाएको छ । 

सक्रिय संक्रमितमध्ये संस्थागत आइसोलेशनमा ६ हजार ३५१ र होम आइसोलेशनमा १३ हजार ६१२ जना रहेका छन् । मन्त्रालयको नियमित प्रेस व्रिफिङमा आइतबार प्रवक्ता डा जागेश्वर गौतमले गत २४ घण्टामा काठमाडौँमा ७३३, ललितपुरमा १३१ र भक्तपुरमा ५३ जना रहेको जानकारी दिए ।   

 प्रवक्ता डा गौतमले पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको जानकारी दिए ।  हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३२१ पुगेको छ ।

 
विश्वमा कोरोना भाइरस संक्रमितको सङ्ख्या पाँच करोड ८५ लाख ४८ हजार ३ जना पुगेको छ भने निको हुनेको सङ्ख्या चार करोड पाँच लाख १३ हजार १७ जना रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ