arrow

कांग्रेस अहिले सत्तामा जादैनः महत

'ओली-देउवा भेटलाई सत्ता साझेदारीका लागि कुरा भएको भन्नु गतल'

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७७ मंसिर ८ सोमबार
mahat10.jpg

कपिलवस्तु । नेपाली कांग्रेसका सह महामन्त्री प्रकाशशरण महतले अहिले नेपाली काग्रेंस सत्तामा नजाने बताएका छन् ।  प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेर बहादुर देउवाको भेटलाई सामान्य कुरा भन्दै उनले कांग्रेस अहिले सत्ता साझेदार नबन्ने बताएका हुन्।

ओली र देउवाको भेटलाई सत्ता साझेदारीका लागि कुरा भएको भन्ने कुरा गतल भएको भन्दै उनले यसलाई धेरै ब्याख्या गर्नुपर्ने आवश्यक नरहेको बताए। नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले तौलिहवामा राखेको पत्रकार भेटघाट कार्यक्रममा नेता महतले भने ‘कांग्रेस अहिले सत्ता साझेदार हुँदैन।’ 

ओली नेतृत्वको सरकार पुर्णतया असफल भएको उनले बताए। उनले अहिलेको सरकारले भ्रष्टाचारमा डुबेको यो कुरा अर्का अध्यक्ष प्रचण्डले नै राजनीतिक प्रतिबेदन पेश गरेर प्रमाणित गरेको उनले तर्क गरे। उनले देशमा अहिले विदेशी हस्तक्षेप समेत बढेको र ओलीको राष्ट्रियताको नारा सबै झुठो साबित भएको बताए। 

‘ओलीले देखाएको सपना सबै झुठो साबित भएका छन्, जनताले सबै कुरा बुझेका छन उनले भने। आफ्नै पार्टीका अध्यक्षवाट ओली सरकारले गरेका गलत काम बाहिर आएको हुँदा भष्टचारबारे सबैलाई अवगत भएको समेत महतले बताए । 

नेकपाको दुई तिहाईको सरकारलाई जनताले हेरी सकेकोले अब आउने निर्वाचनमा कांग्रेसले यसलाई अवसरको रुपमा लिने उनले बताए। नेता महतले कोभिड महामारीमा समेत वर्तमान सरकारले केही गर्न नसकेको तर २० अर्व रुपैयाँको लेखाजोखा समेत नभएको बताए।

कोभिड अनुगमन समितिका संयोजक समेत रहेका नेता महतले ५ महिना बढीको लकडाउनमा समेत जनताले कुनै राहत नपाएको, उपचार समेत राम्रो नभएको, सर्वोच्च अदालतको समेत आदेशको पालना नगरेको बताए।  । 

युनियका जिल्ला सभापति गोपाल भण्डारीको अध्यक्षता, सचिव मणि प्रसाद गैह्रेको र उप सभापति खगप्रसाद चापागाईको संचालनमा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा सांसद अतहर कमाल, आमन्त्रित केन्द्रीय सदस्य राजेश सिंह, नेबिसंघका सभापति राजीव ढुंगाना, पार्टी सभापति सुरेन्द्रराज आचार्य लगायत सहभागी थिए । 

जिल्ला पार्टी कार्यालया महतले जिल्लाका कार्यकर्तासंग भेटघाट समेत गरेका छन् । आगामी पार्टीको महाधिवेशन र कोरोनाको बारेमा छलफल गरिएको पार्टीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ