arrow

राँगासहित सशस्त्रले नरैनापुरबाट बरामद गर्‍यो अवैध सामाग्री

logo
प्रकाशित २०७७ मंसिर ८ सोमबार
raga.jpg

नेपालगन्ज । सशस्त्र प्रहरीले भारतबाट तस्करी गरेर ल्याउदै गरिएका ९ वटा राँगा नरैनापुरबाट नियन्त्रणमा लिएको छ । 

सशस्त्र प्रहरीको नरैनापुर बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक नरेश बाटाको कमान्डमा गएको टोलीले सोमबार बिहान ४ बजे नरैनापुर वडा नम्बर ४ को सिमानाकाबाट २ लाख २५ हजार रुपैयाँ बराबरका ९ वटा राँगा  नियन्त्रण गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ। 

बरामद गरेका सबै ९ वटा राँगालाई सोमबारनै भन्सार कार्यालय बुझाईएको छ।

त्यस्तै सशस्त्र प्रहरीले भारतबाट भित्रीदै गरेका अवैध सामाग्री बरामद गरेको छ। सशस्त्र प्रहरीले सोमबार भारतबाट ल्याउदै गरिएका लाखौं रुपैयाँ बराबरका अवैध सामाग्री बरामद गरेको हो।

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डमा गएको टोलीले सोमबार बिहान ५ बजे नेपालगन्ज वडा नम्बर १५ को तपेश्वरीबाट १ लाख ६३ हजार ८०० रुपैयाँ बराबरका २३४ जोर जुत्ता, ४ हजार ९ सय रुपैयाँको २८ जोर लेडिज चप्पल, २४ हजार २ सय ५० रुपैयाँ बराबरको ९७ जोर जेन्स चप्पल, ५० हजार रुपैयाँको २५ वटा टयुब, ५ हजार ५सय ७५ रुपैयाँको २२३ पिस सिलिङ पंखाको डंडी, २ हजार रुपैयाँको ४० पिस अभतार इलेक्ट्रोनिकस असोसेरिज, ७ हजार रुपैयाँ बराबरको २ पिस ठुलो एमसिबी बक्स,७५ सय रुपैयाँ बराबरको ५ पिस सानो एमसीबी बक्स गरि २ लाख ६५ हजार २५ रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ।

बरामद गरिएका सबै अवैध सामाग्रीलाई दिउँसो  नेपालगन्ज भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ