arrow

नेपालमा कति पुगे कोरोना संक्रमित ?

सोमबार थप सोह्र जनाको मृत्यु

logo
प्रकाशित २०७७ मंसिर ८ सोमबार
corona-nepal-ministry.JPG

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप एक हजार ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ३८१ जनाको नमूना परीक्षण गर्दा एक हजार १९१ पुरुष र ७८९ महिला गरी कूल एक हजार ९८० जनामा कोरोना संक्रमण पुष्टि भएका हुन् । थपिएका कूल संक्रमितमध्ये काठमाडौँ उपत्यकामा मात्रै ९५७ जना छन् ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको सङ्ख्या दुई लाख २२ हजार २८८ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन हजार ४३ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख दुई हजार ६७ पुगेको छ । हाल मुलुकभर सक्रिय संक्रमितको सङ्ख्या १८ हजार ८८४ रहेको मन्त्रालयले जनाएको छ । 
    
मन्त्रालयका अनुसार संक्रमितमध्ये होम आइसोलेशनमा १२ हजार २७१,  अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा ३६५ र भेन्टिलेटरमा ६३ जना रहेका छन् ।

 पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ३३७ पुगेको मन्त्रालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ