arrow

नेपाल भारत सीमा क्षेत्र अवलोकनमा पुगेनन् प्रम ओली, दुई हजार जनता फर्किए निरास

logo
प्रकाशित २०७७ मंसिर ८ सोमबार
pm-oli-taplegunj.jpg

पशुपतिनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको नेपाल भारत सीमा क्षेत्र अवलोकन गर्ने कार्यक्रम खराब मौसमका कारण प्रभावित भएको छ । इलामको उत्कृष्ट पर्यटकीयस्थल जौबारी डाँडामा स्थापित सशस्त्र प्रहरीको सीमा सुरक्षाचौकी उद्घाटनसँगै सीमा क्षेत्रको अवलोकन गर्ने उनको कार्यक्रम थियो ।
 
प्रधानमन्त्री ओली अपराह्न २ बजे जौबारी आएर सीमा क्षेत्रको अवलोकन, सीमा सुरक्षाचौकी उद्घाटन र  सर्वसाधारणलाई सम्बोधन गर्ने कार्यक्रमको तयारी गरिएको थियो । बाक्लो कुहिरो र  हुस्सुका कारण  हेलिकप्टर अवतरण नभएपछि नेपाल भारत सीमा क्षेत्र अवलोकनमा प्रधानमन्त्री  पुग्न सकेनन् ।

उनी आउन नसकेको खबर पाएपछि नेपाल भारत सीमा क्षेत्रमा पर्ने  इलामको सन्दकपुर र माइजोगमाई गाउँपालिकाको सङ्गमस्थल जौबारीमा स्थापित सीमा सुरक्षाचौकीको प्रदेश नं १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका थिए।
 
प्रधानमन्त्री उपस्थित हुने भनिएको कार्यक्रममा इलाम उत्तरी क्षेत्रका करीब दुई हजार जनताको सहभागिता थियो । प्रधानमन्त्री उपस्थित नभएपछि उनीहरु निरास हुदै फर्किएका थिए । 

 इलामको सन्दकपुरदेखि जिर्मलेसम्म साढे ५२ किलोमिटरसम्म नेपाल भारत सीमा क्षेत्र रहेको इलाममा अहिले धमाधम बोर्डर आउट पोष्ट स्थापना भइरहेको छ  । पशुपतिनगर, कालपोखरी, छब्बीसे, समालबुङ, सलकपुर र जौबारीमा बिओपी स्थापना भएपछि इलामको सीमा सुरक्षा मजबुत भएको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईँले बताए । 

कार्यक्रममा आन्तरिक मामिलामन्त्री कार्कीले गोठाला र विनाबर्दीका जनताले जोगाएको सीमा क्षेत्रमा सरकारी निकायको उपस्थितिपछि आपराधिक घटना  घट्ने बताए ।  प्रदेश नं १ सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले नेपाल भारत सीमा क्षेत्रमा सीमा सडक निर्माण गर्नुपर्नेमा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ