arrow

ज्यान मार्ने धम्की आइरहेको जनाउँदै शाहीले भने, 'मलाई तलमाथि भए त्यो चीनले गरेको हुनेछ'

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर ८ सोमबार
jivan-bahadur-shahi.jpg

काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशमा विपक्षी दलका नेता जीवनबहादुर शाहीले हुम्लामा चीनले नेपाली भूमि मिचेको निष्कर्षसहित प्रतिवेदन सार्वजनिक गरेपछि आफूमाथि जीउज्यानको खतरा रहेको बताएका छन्। आफ्नो प्रतिवेदनमाथि आपत्ती जनाएको चीनका तर्फबाट आफू असुरक्षित रहेको शाहीले बताएका छन्। 

शाही टोलीको प्रतिवेदनबारे नेपाल सरकारले प्रतिक्रिया जनाएको छैन। सरकारले हुम्लामा नेपाली भूमि नमिचिएको भनिसके पनि शाही मान्न तयार छैनन् । आफूले सप्रमाण प्रतिवेदन तयार पारेको उनको जिकिर छ । यता नेपालस्थित चिनियाँ दूतावासले कांग्रेसलाई पत्र लेखेको छ भने उता चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले नेपाली कांग्रेसलाई भारतपरस्त आरोप लगाएको छ ।

ग्लोबल टाइम्सको समाचार र चिनियाँ दूतावासको पत्रमा प्रयोग भएको धम्कीको भाषा र आफूलाई समेत निरन्तर विभिन्न माध्यमबाट धम्की आइीरहेको जनाउँदै शाहीले भने,’मेरो जीउज्यानमाथि नै थ्रेट छ । म विश्व जगतलाई मेरो जीवनमा ‘केही भयो’ भने पनि चिनियाँका कारणले हुनेछ भन्न चाहन्छु ।’ 

उनले भने, 'आजसम्म कुनै पनि व्यक्ति, संस्था वा देशले अमेरिका, भारत, युरोप वा अन्य कुनै देशपरस्त भन्न नसकेको कांग्रेसलाई पहिलोपटक चीनले भारतपरस्त भनेर गम्भिर आरोप लगाउनु र जननिर्वाचित सांसद समेत रहेको आफूलाई धम्की दिनु अन्तर्राष्ट्रियरूपमा पनि लज्जाको विषय हो, अन्तर्राष्ट्रिय कानूनको समेत विपरीत हो ।’

हुम्लामा नेपाली भूमि नमिचिएको प्रमाणित गर्न नेपाल सरकारलाई उनले चुनौती समेत दिएका छन् । उनले यस्तै चुनौती चीन सरकारलाई पनि दिएका छन् । शाही भन्छन्— मेरो प्रतिवेदन गलत ठहरिए म पद परित्याग गर्छु । दुई देशको संयुक्त प्राविधिक टोली पठाएर अध्ययन गराउन उनको माग छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ