arrow

नेकपाभित्रको झगडामा कांग्रेसको कुनै सरोकार छैन : प्रकाशमान सिंह

logo
प्रकाशित २०७७ मंसिर ८ सोमबार
Prakashman-Singh.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपाभित्रको झगडामा कांग्रेसको कुनै सरोकार नरहने बताएका छन् । सत्य साई बाबाको ९५औँ अवतरण दिवसका अवसरमा सोमबार शङ्खमुलमा आयोजित सत्य साई बाबा पार्कको उद्घाटन गर्दै उनले  कांग्रेस संसद्मा विपक्षी दलकै भूमिकामा बस्ने बताए । 

जनताले अहिले कांग्रेसलाई प्रतिपक्षमा बस्ने र नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले आफ्नो पार्टी विपक्षमै बस्ने उनले बताए । उनले भने, “प्रधानमन्त्रीलाई पार्टी सभापतिले भेटेको कुरालाई सत्ता सहकार्यसँग जोड्न मिल्दैन, कांग्रेस जनताले दिएको म्याण्डेटअनुसार प्रतिपक्षको भूमिकामा रहन्छ” । 

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले झण्डै दुई तिहाइ बहुमत पाएको वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताउँदै सरकारले सङ्घीयताको मर्म र भावना विपरीत काम गर्दै आइरहेको आरोप लगाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ