arrow

रत्नपार्कको नाम फेरिएकोप्रति राप्रपाको आपत्ति

भइरहेको नाम परिवर्तन गरेर होइन, शंखधरको नाम राखेर नयाँ र भब्य संरचना बनाइयोस

logo
प्रकाशित २०७७ मंसिर ८ सोमबार
RPP.jpeg

काठमाडौं। रत्नपार्कको नाम फेरेर संखधर साख्वा उद्यान नामाकरण गरिएको प्रति राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति जनाएको छ। राप्रपाका अध्यक्षत्रय पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले सोमबार विज्ञप्ती जारी गर्दै शंखधर साख्वा प्रति सम्मान गर्न भइरहेको संरचनाको नाम परिवर्तन गरेर नभइ शंखधरको नाम राखेर नयाँ स्थानमा भब्य संरचना बनाइनु पर्ने बताएका हुन।

रत्नपार्कको नाम फेर्दा नेपालको मौलिक संस्कृतिका एक धरोहरको अवमुल्यन भएको भन्दै सो कार्यप्रति उनीहरुले आपत्ति जनाएका छन् । केही दिन अघि काठमाडौं महानगरपालिकाले शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठलाई लगेर रत्नपार्कमा शंखधर साख्वाको शालिक अनावरण गरी रत्नपार्कको नाम शंखधर साख्वा उद्यान राखेको थियो ।

राप्रपाले दुईवटा कारण देखाउँदै रत्नपार्कको नाम फेर्नु उचित नहुने भनेको छ। ‘पहिलो यो कार्यले मुमा बडामहारानी रत्नप्रति अन्याय भएको छ । दोस्रो, यो नामाकरणले नेपालको मौलिक संस्कृतिका एक धरोहरको अवमुल्यन गरेको छ’ विज्ञप्तिमा भनिएको छ। रत्नपार्कको नाम राजा महेन्द्रकी पत्नी रत्नको नाममा नामाकरण गरिएको थियो।

‘हाम्रो माग छ, शंखधरको नामबाट अझ भब्य साँस्कृतिक र ऐतिहासिक संरचना बनाइयोस् त्यस बखत मात्र उनीप्रति हामीले सही रुपमा सम्मान गरेको ठहरिनेछ’ अध्यक्ष त्रयद्धारा जारी विज्ञप्तिमा भनिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ