arrow

थप सत्र सय नब्बेमा कोरोना पुष्टि, चौबीस जनाको मृत्यु

logo
प्रकाशित २०७७ मंसिर ९ मंगलबार
corona-nepal-ministry.JPG

काठमाडौँ । देशभर मंगलबार थप सत्र सय नब्बे जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा एक हजार ६९ पुरुष र ७२१ महिला छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या दुई लाख २४ हजार ७८ पुगेको छ । थप १० हजार ८४३ को पिसिआर परीक्षण गरिएको थियो ।     

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख चार हजार ५८ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ७९१ संक्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १७ हजार ८५९ सक्रिय संक्रमित छन् ।    

उपत्यकामा ९४७ संक्रमित
काठमाडौँ उत्यकामा थप ९४७ कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । योसँगै उपत्यकामा संक्रमितको सङ्ख्या एक लाख चार हजार ६८२ पुगेको छ । मंगलबार थपिएका संक्रमितमध्ये काठमाडौँका ६९२, ललितपुरका १९० तथा भक्तपुरका ६५ रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । 

हालसम्म काठमाडौँमा ८४ हजार ५१७, ललितपुरमा १२ हजार ५७७ तथा भक्तपुरका सात हजार ५८८ संक्रमित भएका छन् । तीमध्ये काठमाडौँमा ७६ हजार ४४२, ललितपुरमा १० हजार ८९७ तथा भक्तपुरमा छ हजार ८९३ संक्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । हालसम्म काठमाडौँमा ३३१, ललितपुरमा ९१ तथा भक्तपुरमा ८७ जनाको कोरोनाबाट ज्यान गएको छ ।  

चौबीस जनाको मृत्यु  
नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको सङ्ख्या एक हजार ३६१ पुगेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ