arrow

मौसममा गडबडी, बुधबार हिमपात र वर्षा हुने, चिसो बढ्दा कहाँ छ खतरा ? 

logo
प्रकाशित २०७७ मंसिर १० बुधबार
weather-final.jpg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र लुम्बिनी प्रदेशमा साथै बाग्मती प्रदेश र प्रदेश नं १ को पहाडी भूभागमा आंशिक बदलीको अवस्था  छ । अन्य भू–भागमा मौसम सामान्यता सफा रहेको छ ।  

 महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै प्रदेश नं १, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुनुका साथै पहाडी भूभागका एक–दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको जनाएको छ । 

देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भूभागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोधसमेत गरिएको छ ।  छ।

बुधबार दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भू(भागमा सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहनेछ । बाग्मती,  गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपात हुनुका साथै सुदुरपश्चिम र कर्णाली प्रदेशको एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

 राति प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भूभागमा सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक वदली रहनेछ। प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। देशको पहाडी भूभागको एक–दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

 अधिकांश स्थानहरुमा चिसो बढेको पनि महाशाखाले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ