arrow

प्रधानमन्त्री कार्यालय सबैभन्दा बढी भ्रष्ट

logo
प्रकाशित २०७७ मंसिर १० बुधबार
pm-office.jpg.jpeg

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार सबैभन्दा बढी भ्रष्ट रहेको खुलेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको ग्लोबल करप्सन ब्यारोमिटरले नेपालको प्रधानमन्त्री कार्यालय सबैभन्दा बढी भ्रष्ट रहेको निष्कर्ष निकालेको हो । 

टीआईले गरेको विशेष सर्वेक्षणबाट प्रधानमन्त्री कार्यालय भ्रष्ट रहेको खुलेको हो । टीआई नेपालका अध्यक्ष एवं सरकारका पूर्व सचिव खेमराज रेग्मीले प्रधानमन्त्री कार्यालय भ्रष्ट हुनु भनेको सिंगो सरकार नै भ्रष्ट रहनु भएको बताएका छन् । 

उनले प्रधानमन्त्रीदेखि मन्त्रीहरु सबै भ्रष्ट रहेको स्पष्ट हुने बताए । यो रिसर्चले नेपालमा पछिल्लो एक वर्षमा भ्रष्टाचार बढेको समेत देखाएको छ । 

टीआईले ग्लोबल करप्सन ब्यारोमिटर एसिया २०२० मंगलबार सार्वजनिक गरेको हो । उक्त एसियाको ब्यारोमिटरमा नेपालसहित १७ देशमा सर्भे गरिएको हो । सबै देशहरुमा भ्रष्टाचार नै सबैभन्दा ठूलो समस्या रहेको निष्कर्ष निकालिएको छ । यसले सरकारप्रतिको विश्वसनीयता समेत गुम्दै गएको उल्लेख गरिएको छ । 

अध्यक्ष रेग्मीले ५८ प्रतिशतले भ्रष्टाचार बढेको भनेको उल्लेख गरेका छन् । उनले प्रधानमन्त्री कार्यालयमा सबै भ्रष्ट रहेको भन्नेहरु ५० प्रतिशत रहेको पनि जानकारी दिए र त्यस्तै सांसद सबै भ्रष्ट छन् भन्ने ४३ प्रतिशत, कर्मचारी भ्रष्ट छन् भन्ने ४३ प्रतिशत, स्थानीय निकायमा पनि भ्रष्टाचार छ भन्नेहरु ४३ प्रतिशत, प्रहरी प्रशासनभित्र भ्रष्टाचार छ भन्नेहरु २८ प्रतिशत र न्यायालयमा भ्रष्टाचार छ भन्नेहरु २४ प्रतिशत रहेका छन् । 

त्यस्तै ८४ प्रतिशतले सरकार भ्रष्टाचारमा सबैभन्दा ठूलो समस्या भएको पनि उल्लेख गरेका छन् । त्यस्तै १२ प्रतिशतले सरकारी काम गराउन घुस दिनुपरेको उल्लेख गरेका छन् । 

१३ प्रतिशतले भोटका लागि घुस दिएको उल्लेख गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ