arrow

एक सय सत्तरी बढी युवा नेकपा छाडेर कांग्रेस प्रवेश, पूर्वमन्त्री खड्काले गराए प्रवेश 

logo
प्रकाशित २०७७ मंसिर ११ बिहिबार
congress-prabesh7.jpg

संखुवासभा । केन्द्रदेखि स्थानीय तहसम्म झण्डै दुईतिहाई बहुमत प्राप्त गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरी नेपाली कांग्रेस प्रवेश गर्नेको लर्को लागेको छ । संखुवासभाको मादी नगरपालिका–१ का १७० भन्दा बढी युवा बुधबार नेकपा परित्याग गरि कांग्रेस प्रवेश गरेका हुन् । 

नेकपा परित्याग गरी कांग्रेस प्रवेश गरेका युवालाई संखुवासभा काँग्रेसका युवा नेता एवम् पूर्वमन्त्री दिपक खड्काले माला र खादा ओढाएर पार्टी प्रवेश गराए । 

कोरोनाको महामारीका बीच जनताको भावना बुझ्दै गाउँगाउँ पुगेका पूर्वमन्त्री खड्काले वर्तमान सरकारले जनताको इच्छा र आकांक्षालाई पूरा गर्न नसकेकाले सरकारप्रति जनतामा निराश छाएर विकल्प रोजेको बताए । 

“वर्तमान सरकार सत्ता टिकाउन र भ्रष्टचार गर्न व्यस्त छ, यसको भण्डाफोरका निम्ति युवाहरु एक हुनु जरुरी छ,”– उनले भने । 

पूर्वमन्त्री खड्काले नवप्रवेशीलाई विकास निर्माणका कार्यमा सहयोग गर्दै सँगसँगै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ