arrow

भारतीय विदेश सचिव काठमाडौंमा

logo
प्रकाशित २०७७ मंसिर ११ बिहिबार
Indian-HarshVardhan-Shringla.jpg

काठमाडौँ ।  भारतका विदेश सचिव हर्षवद्र्धन श्रृङ्गाला काठमाडौं  आइपुगेका छन् ।  परराष्ट्र सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा  विदेश सचिव  श्रृङ्गाला नेपालको द्विदिवसीय भ्रमणमा काठमाडौँ आएका हुन् । 

दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदानकै निरन्तरताका सिलसिलामा भारतीय विदेश सचिवको भ्रमण भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।  भ्रमणको पहिलो दिन नेपाल– भारत परराष्ट्र सचिवस्तरीय वार्ता हुने र त्यसमा द्विपक्षीय सम्बन्ध एवं सहयोगका विविध विषयमा विचारविमर्श हुनेछ ।

बिहीबार नै भारतका विदेश सचिवले नेपालका उच्चपदस्थ व्यक्तित्वसँग शिष्टाचार भेट गर्ने तथा कोभिड–१९ सम्बन्धी भारतीय सहायता हस्तान्तरण गर्ने कार्यक्रम  छ ।  

नेपाल भारतबीचको सम्बन्धलाई नयाँ उचाइदिन दिल्लीले औपचारिक रुपमै विदेश सचिव श्रृङ्गालालाई नेपाल पठाएको बुझिएको छ । उनले आफ्ना समकक्षी एवं परराष्ट्र सचिव भरतराज पौड्यालसँग औपचारिक भेटवार्ता गर्नेछन्। क्यारियर कुटनीतिज्ञले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत भेटवार्ता गर्नेछन्। भारतीय विदेश सचिवको भ्रमणले दुई देशबीचको सीमा बेठकको टुंगो पनि लगाउने आशा गरिएको छ।

सीमाविवादको विषयलाई मुख्य केन्द्रमा राखे पनि भारतले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप विकासका लागि एवं महाकाली नदीको वहुउद्देश्यीय परियोजना पञ्चेश्वरका विषयमा समेत छलफल हुनेछ। नेपालले पनि दिल्लीसँगको सम्बन्धलाई सुधार गर्नका लागि नयाँ नक्सा छापिएका विद्यालयका पाठ्यपुस्तकहरु फिर्ता लिएको थियो।

विदेश सचिव श्रृङ्गाला शुक्रबार नयाँदिल्ली प्रस्थान गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ