arrow

भारतीय विदेशसचिवका रुपमा नेपालीका भाञ्जा हर्षवद्धन आइपुगे मावली देश (भिडियो)

संवाददाताहरुसँग नेपालीमै गरे कुराकानी

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर ११ बिहिबार
harsh-vardhan-shringla-foreign-secretary.jpg

काठमाडौं। भारतका विदेश सचिवका रुपमा नेपाली भाञ्जा हर्षवर्द्धन श्रृङ्गला मावली देश नेपाल आइपुगेका छन्। पटकपटक भाञ्जाका रुपमा मावली नेपाल आएका भारतीय विदेश सचिव श्रृङ्गला यो पटक भने परराष्ट्र सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको द्विदिवसीय भ्रमणमा काठमाडौं आएका हुन्।

ललितपुर मामाघर भएका शृंगला सन् १९८४ व्याचका कर्मचारी हुन्। ललितपुरका बस्नेत परिवारका भाञ्जा हर्षवर्द्धन नेपाली भाषामा राम्रोसँग संवाद गर्न सक्छन्। उनले नेपाल आउँदै गर्दा विमानस्थलमा पनि संवाददाताहरुसँग नेपालीमा संवाद गरेका थिए । उसो त श्रृङ्गला नेपाली भाषा मात्र होइन अंग्रेजी, हिन्दी, भियतनामी, फ्रेन्च भाषासमेत राम्रोसँग बोल्न सक्छन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५० हजार भूकम्पपिडितका घर बनाउने प्रतिबद्धता जनाए अनुसार ४० हजार घर बनाउने काम सकिएको बताए। मनाङको बौद्ध गुम्बाको उद्घाटन, पुननिर्माण भएका ३ विद्यालयको उद्घाटन, नेपाल भारत सम्बन्धमा वेबनार लगायत कार्यक्रममा सहभागि हुने उनले संवाददाताहरुलाई नेपालीमा जानकारी दिएका थिए।  

दार्जीलिङ्गमा पढ्न गएकी ललितपुरकी नेपाली छात्रा हरिदेवी बस्नेतसँग प्रेम सम्बन्ध विवाहमा परिणत गरेका छिरिङ्ग शृंगलाका हर्षवर्द्धन जेठो छोरो हुन् । उनको जन्म मुम्बइमा भएको थियो भने मायो कलेजमा उनले अध्ययन गरेका थिए । उनका मावली परिवार अहिले पनि ललितपुरका स्थायी बासिन्दा हुन् । 

दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदानकै निरन्तरताका सिलसिलामा भारतीय विदेश सचिवको भ्रमण भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । भ्रमणको पहिलो दिन नेपाल– भारत परराष्ट्र सचिवस्तरीय वार्ता हुने र त्यसमा द्विपक्षीय सम्बन्ध एवं सहयोगका विविध विषयमा विचारविमर्श हुनेछ । बिहीबार नै भारतका विदेश सचिवले नेपालका उच्चपदस्थ व्यक्तित्वसँग शिष्टाचार भेट गर्ने तथा कोभिड–१९ सम्बन्धी भारतीय सहायता हस्तान्तरण गर्ने कार्यक्रम  छ ।  

नेपाल भारतबीचको सम्बन्धलाई नयाँ उचाइदिन दिल्लीले औपचारिक रुपमै विदेश सचिव श्रृङ्गलालाई नेपाल पठाएको बुझिएको छ । उनले आफ्ना समकक्षी एवं परराष्ट्र सचिव भरतराज पौड्यालसँग औपचारिक भेटवार्ता गर्नेछन् । उनले परराष्ट्रमन्त्री प्रदि ज्ञवालीसँग पनि भेट गर्नेछन्। क्यारियर कुटनीतिज्ञले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत भेटवार्ता गर्नेछन्। भारतीय विदेश सचिवको भ्रमणले दुई देशबीचको सीमा बेठकको टुंगो पनि लगाउने आशा गरिएको छ।

सीमाविवादको विषयलाई मुख्य केन्द्रमा राखे पनि भारतले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप विकासका लागि एवं महाकाली नदीको वहुउद्देश्यीय परियोजना पञ्चेश्वरका विषयमा समेत छलफल हुनेछ। नेपालले पनि दिल्लीसँगको सम्बन्धलाई सुधार गर्नका लागि नयाँ नक्सा छापिएका विद्यालयका पाठ्यपुस्तकहरु फिर्ता लिएको थियो। विदेश सचिव श्रृङ्गाला शुक्रबार नयाँदिल्ली प्रस्थान गर्नेछन्।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ