arrow

भारतीय विदेश सचिवलाई भेट्नु अघि राष्ट्रपति भण्डारीलाई भेट्न पुगे प्रधानमन्त्री ओली

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर ११ बिहिबार
Oli-Bhandari.jpg

काठमाडौं। भारतका विदेश सचिव हर्षवर्दधन श्रृङ्गला बिहिवार नेपाल आएसगैं उच्च स्तरीय भेटघाट सुरु गरेका छन्। उनले आजै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसंग भेट गरिसकेका छन्। बिदेश सचिव श्रृङ्गला आजै ५ बजे प्रधानमन्त्री केपी ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा भेट्न पुगेका छन। विदेश सचिवलाई भेट्नु अघि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसंग सितल निवासमा भेट गरेका छन। प्रधानमन्त्री ओलीले भारतीय परराष्ट्र सचिव श्रृङ्गला भेट्नु अघि आजै राष्ट्रपति भण्डारीलाई सितलनिवास पुगेर छलफल गरेका हुन।

भारतीय विदेश सचिवलाई भेट्नुअघि प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई सितलनिवास पुगेर गरिएको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ। यसअघि नेकपाको विवाद उत्कर्षमा पुगेको बेला राष्ट्रपति र प्रधानमन्त्री बिच गत साता पटक पटक भेट भएको थियो।

लामो समय देखि नेपाल र भारतका शिर्षतहमा हुने छलफल रोकिरहेका बेला भारतीय विदेश सचिवको नेपाल भ्रमणले सम्बन्ध सुधारमा सहयोगी बन्ने अपेक्षा लिइएको छ। विदेश सचिव श्रृङ्गलाले आजै बेलुकी राष्ट्रपति भण्डारीलाई समेत सितलनिवासमा भेटघाट गर्ने कार्यक्रम रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ