arrow

सोह्र सय चौध संक्रमित थप, तेइस जनाको मृत्यु

logo
प्रकाशित २०७७ मंसिर ११ बिहिबार
corona-nepal-ministry.JPG

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा  सोह्र सय चौध जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय नौ हजार ४९१ जनाको स्वास्थ्य परीक्षण गर्दा ६ सय ४० महिला र ९ सय ७४ पुरुष गरी उक्त सङ्ख्यामा संक्रमण पुष्टि भएको हो ।  

परीक्षणअनुसार संक्रमितको दर १३ दशमलब ४ रहेको बताइएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको सङ्ख्या दुई लाख २७ हजार ६४० पुगेको छ । 

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७ ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ६३७ महिला र ४४८ पुरुष छन् । त्यसमध्ये काठमाडौँमा सात हजार ६४४, ललितपुरमा एक हजार ४९४ र भक्तपुरमा ५८९ जना सक्रिय संक्रमित छन् । हाल मनाङ, डोल्पा र मुगुमा शून्य संक्रमित छन्  । 

पछिल्लो समय एक हजार ४२७ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ९ हजार ४३५ पुगेको छ । निको हुने दर ९२ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

 देशभर १६ हजार ७९३ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये १० हजार ५७५ होम आइसोलेशनमा छन् । संस्थागत आइसोलेशनमा रहेकामध्ये ३३३ जनाको सघन उपचार कक्ष र ५६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

देशभर ६८० जना क्वारेन्टिनमा छन् । हालसम्म १७ लाखको पिसिआर परीक्षण भएको छ । 

 
पछिल्लो २४ घण्टामा थप २३ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ४१२ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ