arrow

कालापानी र लिपुलेकलाई वेदव्यासधामको रुपमा विकास गरौं –विश्व हिन्दु युवा संघ

logo
प्रकाशित २०७७ मंसिर १२ शुक्रबार
nepal-map-limpiyadhura-lipu.gif

काठमाडौं । विश्व हिन्दु युवा संघले कालापानी र लिपुलेकलाई वेदव्यासधामको रुपमा विकास गर्नुपर्ने बताएको छ। संघका अध्यक्ष ऋषिकेश जंग शाहले भारतीय विदेश सचिव नेपाल आएको सन्दर्भमा एक विज्ञप्ति जारी गर्दै उनले यस्तो प्रस्ताव अघि सारेका हुन् । 

शाहले नेपाल भारतबीच ऐतिहासिक, धार्मिक तथा पारिवारिक सम्बन्ध रहेको र पछिल्लोपटक लिपुलेक र कालापानी सीमा विवादले गर्दा केही तिक्तता उत्पन्न भएको भन्दै उक्त तिक्ततालाई समाधान गर्न सो क्षेत्रमा वेदव्यासधाम बनाउनु पर्ने जिकिर गरे । 

विज्ञप्तिसहित– 
भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइ पुग्नु भएको छ,उहालाइ नेपालमा हार्दिक स्वागत छ।
नेपाल भारतको बिचमा ऐतिहासिक धार्मिक तथा पारिवारिक सम्बन्ध रहेको छ। अझ बैदिक हिसाबले भन्नु पर्दा हामी एकै सभ्यतामा  बिकाश भएका देश हौं। पुर्बिय दर्शन हाम्रो सभ्यता हो। बिश्व मानवलाइ एकै परिवार मान्ने आदर्शबाट हामी दिक्षित छौ। नेपाल शिव भुमी हो। शिव देवहरुका पनि देव जगत पिता हुन। त्यसैले नेपाले बिश्व समुदायलाइ हेर्ने दृस्टिकोण भनेको ूवसुदैब कुटुम्बकमू हो। यो पृष्ठभुमिमा नेपाल र भारतको बिचमा बेला बेला सानातिना मतभेदहरु हुने गरेका छन,२र४ सय गज जमिनको हेराफेरि गर्न खोज्नु हाम्रो साझा आदर्शबाट च्युत हुनु हो। पछिल्लो पटक नेपाल भारतमा लिपुलेख र कालापानीका कारण सम्बन्धमा चिसोपना आएको छ। सायद त्यो चिसोपना हटाउन नै उहाको आगमन भएको हो,यसका लागी न्यानो स्वागत पनि छ। तर त्यो समस्याको समाधान कसरि गर्ने यो महत्वपुर्ण बिषय छ। कालापानी र लिपुलेख क्षेत्र चार वेद अठार पुराण लेखि सकेर वेदव्यासले देवसभा बोलाएर यज्ञ गरेको स्थल हो। बिश्वका सबै ज्ञानहरुको श्रोत वेद हो। त्यसैले त्यो स्थललाइ बिश्वकै सम्पदा रहने गरिू वेदव्यासको सम्मानमा वेदव्यास धामकोू रुपमा बिकाश गरिनु पर्छ। भारतिय सरकार समक्ष नेपालको तर्फबाट हामी यो प्रस्ताब गर्न चाहान्छौ, भारतिय बिदेश सचिबज्युले नेपालको यो प्रस्ताबलाइ आफ्नो सरकार बाट पारित गराएर बिश्व समुदाय समक्ष लैजानु पर्छ। सम्माननिय भारतिय प्रधामन्त्री नरेन्द्र मोदि जस्तो धार्मिक तथा आध्यात्मिक ब्यक्तित्व सरकार प्रमुख भएको बेला बिश्वमा शान्ति र मानवताको लागी यो ऐतिहासिक निर्णय लिइनुपर्छ भन्ने बिश्व हिन्दु युवा संघको धारणा रहेको छ ।
                   ॐ आदेश
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ