arrow

सरकारले जनताको स्वास्थ्यको सुरक्षा गर्न सकेन : नेता बस्नेत

logo
प्रकाशित २०७७ मंसिर १२ शुक्रबार
mohan-basnet1.jpg

नेपालगन्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबम पुर्व सञ्चारमन्त्री मोहन बस्नेतले विषम परिस्थितिमा सरकारले जनताको स्वास्थ्यको सुरक्षा गर्न नसकेको आरोप लगाएका छन् । नेपाल लोकतान्त्रिक खेलकुद संघ र नेपाली कांग्रेस खेलकुद विभागद्वारा शुक्रबार आयोजित खुल्ला रक्तदान कार्यक्रममा बस्नेतले विषम परिस्थितिमा सरकारले जनताको स्वास्थ्यको सुरक्षा गर्न नसकेकाले प्रतिपक्ष दल जिम्मेवारीका साथ जनताको सेवामा खटिएको बताए । 

सो अवसरमा नेपालगन्जमा खुल्ला रक्तदान कार्यक्रम गरिएको थियो । नेपाली कांग्रेस खेलकुद विभाग प्रमुख समेत रहेका  बस्नेतले मानव सेवाका रुपमा मानिने रक्तदान कार्यक्रम देशभरी आयोजना गरिएको बताए ।  बस्नेतले कोभिड-१९को महामारीमा देशभरी रगतको अभाव हुन नदिन सप्ताह ब्यापी रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । 

पुर्व सञ्चारमन्त्री बस्नेतले खेलकुद क्षेत्रले देशको नाम संसारमा उँचो राख्ने भएकाले खेलकुदमा लागेका युवाहरुलाई सरकारले उचित ब्यवस्थापन गर्नुपर्ने कुरामा पनि जोड दिए । 

रक्तदान कार्यक्रममा नेपाली कांग्रेस बाँके सभापति किरण कोईरालाले सरकार खेलकुद क्षेत्रप्रति अनुदार रहेको भन्दै खेलकुदमा लाग्ने युवाहरुमा निरासा बेढेको बताए ।

महामारीको अवस्थामा पार्टी जिम्मेवार भएर जनताको जीवन सहज बनाउने तर्फ लागेकाले विरामी मानिसहरुलाई सहयोग होस भन्ने उदेश्यले पार्टीले रक्तदान कार्यक्रमको आह्वान गरेको सभापति कोईरालले बताए । 

कार्यक्रममा क्षेत्र नं. २ का सभापति रमेश कुमार गुप्ताले शुभकामना मनतब्य दिएका थिए । कार्यक्रममा देशभरीमा सर्वाधिक १५६ पटक रक्तदान गर्ने गोपीनाथ बैश्यलाई सम्मान समेत गरिएको थियो । संघका केन्द्रीय सदस्य नरेन्द्र थापाले स्वागत गरेको रक्तदान कार्यक्रमको अध्यक्षता संघकी केन्द्रीय सदस्य शान्ति सिंहले गरेका थिए ।

रक्तदान कार्यक्रममा राजनीतिक दलका नेता कार्यकर्ता,पत्रकार,स्वास्थ्यकर्मी,खेलाडी लगायत ७० जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगर, डुडुवा गाउँपालिकाकी उपप्रमुख साहिदा बानो,नेपालगन्ज उपमहानगरपालिका वडा १३ का अध्यक्ष बिरेन्द्र बहादुर शाह लगायत कांग्रेस नेता कार्यक्रताहरुको उपस्थिती रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ