arrow

सत्ताधारीको व्यवहारले जाग्दै नयाँ शक्ति, ‘राजा आउ देश बचाउ’ भन्दै नेपालगञ्जमा शक्ति प्रदर्शन

logo
सौरभ गिरी,
प्रकाशित २०७७ मंसिर १३ शनिबार
hindu-rally-bake.jpg

नेपालगन्ज। 'राजा आउ देश बचाउ' भन्ने नाराका साथ शनिबार नेपालगन्जमा शक्ति प्रदर्शन गरिएको छ। हिन्दूवादीहरुले हजारौं मोटरसाइकलसहितको र्‍यालीसहितको शक्ति प्रदर्शन गरेका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीको अगुवाइमा हिन्दूवादीहरुले हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको माग राख्दै नेपालगन्जमा शक्ति प्रदर्शन गरेका छन्।

बागेश्वरी मन्दिर अगाडीबाट सुरु भई नगर परिक्रमा गरि धम्बोझी चोकमा समापन भएको र्‍यालीमा हजारौंको संख्याका मोटरसाइकलसहित आएका हिन्दूवादीहरुले नेपाललाई धर्मसापेक्ष हिन्दु राष्ट्र घोषणा, राजसंस्था पुनःस्थापना, संघीयता खारेजीको माग राख्दै शक्ति प्रदर्शन गरेका हुन्। राजसंस्था पुनःस्थापना  माग राख्दै गरिएको शक्ति प्रदर्शनमा मोटरसाइकलमा मात्रै नभई गाडी,अटो, रिक्सा र साइकलमा समेत हिन्दुबादीहरु आएका थिए।

शक्ति प्रदर्शनमा नेपालगन्जका मेयर डा. धवल शम्शेर राणा,राप्रपाका केन्द्रिय उपाध्यक्ष उपाध्यक्ष प्रेम बहादुर भण्डारी,केन्द्रिय सदस्य ऋषिराज देबकोटा,  राप्रपाका युवा नेता एबम  नेपालगन्ज वडा नम्बर ४ का अध्यक्ष मो. सफिक बेहना लगायत अन्य नेताहरु एबम सर्बसाधरण गाउँ गाउँबाट शक्ति प्रदर्शनमा आएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ