arrow

सुदुरपश्चिम र लुम्बिनी प्रदेशबाट पनि ढकाल समूहले खोल्यो जितको खाता

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर १३ शनिबार
dhakal-fncci-vision-2025.jpg

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको पछिल्लो मत परिणाम अनुसार सुदुरपश्चिम प्रदेश र लुम्बिनि प्रदेशबट पनि चन्द्र ढकाल समूहका उम्मेदवार विजयी बनेका छन। प्राप्त परिणाम अनुसार सुदुरपश्चिमबाट  ढकाल समूहका पुष्प कुँवर र लुम्बिनिबाट जमसेद अलिमियाँ केन्द्रिय सदस्यम विजयी बनेका हुन। कुँवर उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष हुन भने अलिमियाँ उद्योगबाणिज्य संघ चन्द्रौटाका अध्यक्ष हुन।

मतगणनाको पहिलो परिणाम अनुसार ढकाल समूहबाट नै संस्थापक सदस्य मध्येबाट केन्द्रिय सदस्यमा दामु अधिकारी निर्वाचित भइसकेका छन। उनले आफूसँगै प्रतिस्पर्धामा रहेका किशोर प्रधान समूहका उत्तमलाल चुकेलाई उछिनेका हुन। चुकेले जम्मा ५ मत ल्याएका छन। संस्थापक मत अन्तर्गत ७ मत पाएर निर्वाचित भएका अधिकारी पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष हुन।

उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा अन्तर्गत नयाँ कार्यसमितिका लागि मतगणना जारी छ। निर्वाचन समितिका अनुसार निर्वाचनमा शतप्रतिशत मत खसेको छ। महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा छन। आज राती अबेरसम्म सबै परिणाम आउने निर्वचन समितिले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ