- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्वका लागि शनिबार भएको मतदानको मतगणना जारी रहँदा मतपरिणाम आउने क्रम चलिरहेको छ । अहिलेसम्म बस्तुगततर्फका १४ सिटको परिणाम आएको छ । जसमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरु चन्द्रप्रसाद ढकाल र किशोर प्रधान समूहको समान ७–७ सिट आएको छ ।
विजयी हुनेहरुमा बस्तुगततर्फका अरनिको राजभण्डारी, आकाश अधिकारी, गोविन्द ढुङ्गेल, नरेशलाल श्रेष्ठ, प्रताम सिंह कार्की, भक्तवहादुर हमाल, मनिस लाल प्रधान, मिनमान श्रेष्ठ, विष्णुप्रसाद गैरे, सुवोध गुप्ता, सुमितकुमार कडरिया, सन्दीपकुमार अग्रवाल, सकुन्तला हिराजन र हेमराज ढकाल रहेका छन् ।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने भएकाले सो पदमा भने मतदान भएन । वरिष्ठ उपाध्यक्षसहित अन्य पदका लागि भएको मतदानमा शतप्रतिशत नै मत खसेको निर्वाचन समितिले जनाएको छ ।
वरिष्ठ उपाध्यक्षका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधान समूह नै बनाएर निर्वाचनमा उत्रिएका हुन् । निर्वाचन समितिका अनुसार शनिबार राति अबेरसम्म सबै मत परिणाम आउन सक्नेछ ।
महासङ्घमा वस्तुगततर्फ १०१, जिल्लारनगरमा १०५ र एशोसिएटतर्फ ९०३ मतदाता रहेका छन् । महासङ्घको मतदानका लागि जिल्ला र नगरका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एशोसिएटका लागि कार्की ब्याङ्केट र वस्तुगतका लागि महास्घको केन्द्रीय कार्यालयमा मतदान गरिएको थियो ।
महासङ्घको नयाँ नेतृत्वका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १२७ जनाले उम्मेदवारी दिएका थिए ।
कार्यकारिणी सदस्यतर्फ मतदानअघि नै राजेन्द्र राउत र सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका थिए । महासङ्घको वरिष्ठ उपाध्यक्षका ढकाल र प्रधान समूह नै बनाएर उम्मेदवारी दिएका हुन् ।
वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठ तथा एशोसिएटतर्फको उपाध्यक्ष पदमा रामचन्द्र संघाई र सौरभ ज्योतिले उम्मेदवारी दिएका छन् ।