arrow

चौधौं महाधिवेशनमा लाग्न कार्यकर्तालाई डा शेखर कोइरालाको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७७ मंसिर १४ आइतबार
shekhar-Koirala.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्या डा. शेखर कोइरालाले सामाजिक र भौतिक दूरी कायम राख्दै पार्टीको १४औं महाधिवेशनमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । चिकित्सक समेत रहेका कोइरालाले कोरोना भाइरसको महामारी अझै केही समय रहिरहन सक्ने बताउॅदै यसैको वा अन्य कुनै बहानामा पार्टीको महाधिवेशन रोकिन नहुने  बताए । 

कोइरालाले केन्द्रीय परिपत्र अनुसार छिटो क्रियाशील सदस्यता टुंग्याएर केन्द्रमा पठाउन जिल्ला सभापतिहरुलाई आग्रहसमेत गरे । नेपाली कांग्रेस सुनसरी–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रममा डा. कोइरालाले भने, ‘सबै तिरबाट लोकतन्त्रमाथि प्रहार हुन थाल्यो । व्यवस्था नै गुम्छ की भन्ने आशंका शुरु हुन थालेको छ । यस्तो बेलामा महाधिवेशन मार्फत कांग्रेसलाई जनतामैत्री र गतिशील बनाई जीवन्तता दिन आवश्यक छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ