arrow

चिनियाँ रक्षान्त्रीको भ्रमण तालिका

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर १४ आइतबार
china-defence-minister.jpg

काठमाडौं। एकदिने भ्रमणका लागि चीनका रक्षामन्त्री जनरल वेई फेङ काठमाडौं आइपुगेका छन्। वेई सहितको प्रतिनिधि मण्डल चढेको बोइङ ७३७ बिमान बिहान १० बजेर ३५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।चिनियाँ राजदुतावासले भेटघाटको कुनै औपचारिक कार्यतालिका ननिकाले पनि विदेशमन्त्री वेईले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट गर्दैछन्।

विदेशमन्त्री वेई विमानस्थलबाट सिधै बालुवाटारस्थित चिनियाँ दूतावास गएका छन्। दूतावासमा छोटो बसाइँपछि उनको औपचारिक भेटवार्ता सुरु हुनेछ। स्रोतका अनुसार रक्षामन्त्री वेईको पहिलो औपचारिक भेट प्रधानसेनापति थापासँग हुने छ। दिउँसो एक देखि दुई बजे सम्म उनी जंगी अड्डा पुग्नेछन्।

त्यहाँ सेनापतिसँगको भेटपछि उनले थापासँगै नेपाली सेनाको टोलीसँग छलफल गर्ने समेत बताइएको छ। त्यसपछि उनले प्रधानमन्त्री केपी ओली सँग ३ बजे भेट गर्नेछन्।

प्रधानमन्त्रीसँग बालुवाटारमा भेटवार्ता गरेपछि उनी शीतल निवास ४ बजे भट्नेर र चिनिया राष्ट्रपतिको संदेश सुनाउने कार्यक्रम रहेको छ। शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटपछि उनी त्यहीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गएर स्वदेश फर्किने भ्रमण कार्यतालिका रहेको छ।

चिनियाँ रक्षामन्त्रीको भ्रमणलाई उच्च चासोका साथ हेरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ