आफ्नै छोरीलाई पटक पटक जबरजस्ती करणी गर्ने बाबु पक्राउ
प्रकाशित २०७७ मंसिर १४ आइतबार
938
Shares
सर्लाही । आफ्नै छोरीलाई पटक पटक जबरजस्ती करणी गर्ने बाबु पक्राउ परेका छन् । सर्लाहीको हरिपुरमा इँटा भटामा मजदुरी गर्न भारत मुज्जफरपुर घर भई हाल सर्लाही हरिपुर वडा न. ६ ससुराली घरमा बस्दै आएका बाबु पक्राउ परेका हुन् ।
आफ्नै ६ वर्षकी छोरीलाई करणी गर्दै आएका बाबुलाई ईलाका प्रहरी कार्यालय हरिपुरले ५ दिनको म्याद लिई अनुसन्धान कार्य अगाडि बढाएको छ । दुई छोरा र एक छोरी गरी जम्मा तीनजना सन्तान रहेकोमो पिडित माईली छोरी हुन ।
उनले पहिलो पटक २०-२५ दिन पहिला नाबालीका छोरीलाई राती सुतेको बेलामा उठाई बाहिर लगि करणीको प्रयासका थिए । सो कुरा छोरीले आमालाइ बताएपछि घर परिवारले सम्झाई बुझाई गरेको थियो ।
अर्को पटक पुन राति सुतेको बेलामा छोरीलाई उठाई झोपडीको उत्तर पट्टीको कुन्नामा लगि सोहि हर्कत गरेपछि सोध्दा आफ्नै बाबुले बलत्कार गरेको भनेपछि बालीकाको आमाले ईलाका प्रहरी कार्यालय हरिपुरमा निवेदन दिएकी थिइन् ।
पिडकलाई जबरजस्ती करणी कसुर अन्तरगत जिल्ला अदालत सर्लाहीवाट ५ दिनको म्याद लिई अनुसन्धान सुरु गरेको छ ।