arrow

पोखरामा थप चार जनाको संक्रमणबाट मृत्यु

logo
प्रकाशित २०७७ मंसिर १५ सोमबार
Dead_Body.jpg.jpeg

पोखरा । कोरोना भाइरस संक्रमणबाट पोखरामा थप चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेका तीन जना पुरुष र एक जना महिला छन् । पोखरा महानगरपालिका वडा नं. ३ का ७६ वर्षका पुरुष र वडा नं. १६ की ५७ वर्षकी महिलाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

न्यूमोनियाबाट पीडित पुरुषको मृत्यु आइतबार दिउसो ४:४५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । यसैगरी मृगौला, सुगर लगायतका रोगबाट पीडित महिलाको सोमबार बिहान ४ बजे चरक मेमोरियल हस्पिटलमा मृत्यु भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

यसैगरी पोखरा १८ का ५१ वर्षीय र पोखरा १४ का ६७ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाटै मृत्यु भएको छ । पोखरा १८ का पुरुषको आइतबार राति ९:४५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । ती पुरुषमा मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने यसअघि न्यूमोनियाबाट पीडित थिए ।

यस्तै, पोखरा १४ का पुरुषको सोमबार बिहान २:१० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै भएको हो । उनी यसअघि न्यूमोनियाबाट पीडित थिए । योसंगै पोखरामा कोरोना संक्रमणबाट मृत्यु हुनको संख्या ८४ जना पुगेको छ भने गण्डकी प्रदेशमा १५८ जना पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ