arrow

'सडकमै जीवन बिताइरहेकाको बसोबासको प्रबन्ध हुँदैछ’

logo
प्रकाशित २०७७ मंसिर १५ सोमबार
beggar.jpg

काठमाडौँ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सडक मानवमुक्त शहर निर्माणका लागि सरकारले काम गरिरहेको बताएका छन् । गुरुनानक जयन्तीका अवसरमा सोमबार बालाजुको म्हेपीमा आयोजित कार्यक्रममा उनले सरकारले सडकमा अलपत्र अवस्थामा रहेकाको व्यवस्थापनका लागि मानव सेवा आश्रम निर्माणलाई तीव्रता दिएको जानकारी दिए । 

“मानवता र मानव सभ्यताको विकासमा गुरुनानकले देखाएको मार्गदर्शन अवलम्बन गर्नु अहिलेको महत्वपूर्ण आवश्यकता हो”, उनले भने । काठमाडौँ उपत्यकासहित देशभरका शहरी क्षेत्रमा सडकमै जीवन बिताइरहेकाको उचित व्यवस्थापन गर्नु राज्यको दायित्व भएको उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणाअनुरुप सडक मानवमुक्त अभियानलाई तीव्रता दिइएको उनले बताए । 

सरकारले काठमाडौँको तारकेश्वर नगरपालिकाको तीनपिप्ले नजिकै पाँचमानेमा आश्रम निर्माणका लागि जग्गा उपलब्ध गराउन लागेको उनको भनाइ छ । प्रस्तावित निर्माणस्थलको आइतबार मात्रै प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यसहित राज्यमन्त्री मानन्धरको टोलीले अवलोकन गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ