arrow

'महामारीमा अपाङ्गता भएका व्यक्ति उपेक्षित’

logo
प्रकाशित २०७७ मंसिर १५ सोमबार
disabled.jpg.png

काठमाडौँ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालले कोभिड–१९ का विषम स्थितिमा स्वास्थ्य, शिक्षा र जीवनयापनलगायत विषयमा अपाङ्गता भएका व्यक्ति उपेक्षित भएको जनाएको छ ।

 ‘अपाङ्गता भएका व्यक्तिको २९ औँ अन्तरराष्ट्रिय दिवस’का पूर्वसन्ध्यामा सोमबार आयोजित छलफल कार्यक्रममा महासंघका अध्यक्ष मित्रलाल शर्माले अन्य समयमा पनि आफूहरुका सवालमा राज्य र समाज गम्भीर नभएको आरोप लगाउँदै महामारीका समयमा यस क्षेत्रका व्यक्ति थप समस्यामा परेको बताए । 

उनले अपाङ्गता भएका व्यक्तिलाई पछाडि पारेर समावेशीकरणको विषय पूर्ण नहुने जनाउँदै आवाजविहीनको आवाज उठाइदिन सञ्चारकर्मीसँग आग्रह गरे । यही मङ्सिर १८ गते मनाइने उक्त दिवसको नारा ‘कोभिड–१९ पछिको उत्कृष्ट पुनरागमनको सुनिश्चितता ः अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ तय गरिएको छ ।
    
महामारी रोकथामका लागि गरिएको बन्दाबन्दीका समयमा महासंघले गरेको अध्ययनमा ४१ दशमलव २२ प्रतिशत अपाङ्गता भएका व्यक्तिलाई कोरोना सङ्क्रमणबारे सामान्य जानकारी रहेको  र ६ प्रतिशतमा कुनै  जानकारी नभएको पाइएको महासंघका व्यवस्थापक मनिष प्रसाईँले बताए । 

उनले पछिल्लो समयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अपाङ्गताका विषयमा सचेत हुँदै अघि बढ्न थालेको पनि जनाउनुभयो । नेपाल अपाङ्ग मानवअधिकार केन्द्रका कार्यकारी निर्देशक जगदीशप्रसाद अधिकारीले अपाङ्गता भएका व्यक्ति अनलाइन शिक्षामा पहुँच कमजोर रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ