arrow

पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोल्न भीमसेनदास प्रधानको सुझाव

ओली आएपछि कहिल्यै नबढेको भारतसँगको हाम्रो शत्रुता बढ्यो : डा. दिक्षित 

logo
प्रकाशित २०७७ मंसिर १५ सोमबार
bhimesn-das-nc.jpg

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले नेपालले भारत र चीन दुवै देशसँग अधिकतम फाईदा हाँसिल गर्नेगरि सम्बन्ध अघि बढाउनुपर्नेमा जोड दिएका छन् । उनले नेपालको सेनाले सिमामा त्यति चासो नलिएको बताएका छन्।

उनले भने,‘हाम्रो सेनाको प्रयोग र सबभन्दा बढि सदुपयोग भनेको नै युएन पिसकिपिङमा मात्रै हो, नेपालको सिमामा सेनाले त्यति चासो दिएको छैन् । त्यहाँ प्यारामिट्री फोर्स र सशस्त्र प्रहरी बस्छ । सेना डाईरेक्ट जानुपनि हुँदैन् । युद्धै भएको अवस्थामा मात्रै जाने हो । नेपालले युद्धको अवस्था ल्याउन दिनुपनि हुँदैन् । सुगौली सन्धिमा हामीले धेरै गुमायौं नि । हाम्रो रणनीति भनेको नै भारत र चीनलाई विश्वासमा लिएर नै नेपालको हितमा सम्बन्ध उपयोग गर्ने हो । नेपालले एक अर्काविरुद्ध प्रयोग गर्नुहुँदैन् । नेपालले आफ्नो हितमा काम गर्नुपर्छ ।’ नेता प्रधानले भारत र चीनसँग कुनैपनि किससमको शंका÷उपशंका गर्न नहुने जोड दिए।

नेकपाभित्रको विवादबारे संकेत गर्दै उनले वर्तमान सरकारलाई आफ्नो म्याण्डेटअनुसार चल्न दिनुपर्नेमा जोड दिए । उनले भने,‘पार्टी अध्यक्षलाई निर्वाध रुपमा चलाउन दिनुपर्छ । अहिले सबै पार्टीमा समस्या छ । हारेपछि हार्नेले पनि भाग खोज्ने प्रवृत्ति देखियो । वर्तमान प्रधानमन्त्री केपी ओलीको मूल्यांकन पाँच वर्ष पछि हुने हो । हुन त यो सरकारले केही पनि गरेको छैन् । देशमा कम्युनिष्ट पार्टी सरकारमा छ, उसको शासन छ, यो शासनमा मजदुर जनताको हित गर्ने हो नि । तर, खोई कहाँ उनीहरुको हित भएको छ ? दैनिक ज्यालादारी र मजदुरी गरेर खानेहरु कसरी बाँच्छ ? सरकराले हेर्नुपर्दैन् ? यो सरकारसँग कोही पनि सन्तुष्ट छैनन्।’

उनले आफ्नो पार्टीभित्र पनि विवाद भएको सुनाए । यद्धपी आफ्नो पार्टीभित्रको विवाद भने पार्टीको अधिवेशनको लागि भएको सुनाए । उनले भने,‘हाम्रो लडाईँ त ईस्युमा हो । केपी ओलीले युवाहरुलाई नेतृत्व दिने भनेका छन् । मैले पनि युवा साथीहरुलाई नेतृत्व लिन तयार हुनुपर्छ भन्दै आएको छु, हाम्रै पार्टी युवा नेताहरुलाई लड्न भनेको छु । युवाहरुले आँट गरेका छैन् । म त बीचमा छु । ७० पुगेको छैन, ६० वर्ष नाघिसकें । अर्को कुरा सभापति उठ्न क्रेज पनि चाहियो नि।’

प्रधानले अहिले राजतन्त्र फर्काउनुपर्छ भनेर भैरहेको जुलुस तथा प्रदर्शनलाई लिएर गम्भिर टिप्पणी गरेका छन् । उनले भने,‘ यो सबै धमिलो पानीमा माछा मार्ने खेल हो । अब नेपालमा राजतन्त्र फर्किँदैन् । म च्यालेन्ज गर्छु । गणतन्त्र, धर्मनिरपेक्षता हाम्रो एजेण्डा हो । हामीले बोकेर यी परिवर्तनका आएको हुन् । राजालाई पार्टी खोल्न चूनौति दिन्छु । त्यो हो डेमोक्रेसी हो । नीति तथा कार्यक्रम, भिजनसहित आउनुपर्यो । तलबाट उठेर आउनुपर्छ ।’

ओली आएपछि कहिल्यै नबढेको भारतसँगको हाम्रो शत्रुता बढ्यो : डा. दिक्षित 
नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले चीन र भारतबाट नेपालमा उच्चस्तरको भ्रमण हुनु राम्रो र सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । उनले भने,‘हामी नेपालीहरु धेरै भाग्यशाली छौं, यो अर्थमा कि अहिले हाम्रा दुईवटै छिमेक एउटा सुपर पावर भईनैसक्यो । अर्को सुपरपावर हुन गैराखेको छ । दुईवटैको अर्थतन्त्र कोरोनाले बाहेक, धेरै फड्को मारेका छन् । हामीले अलिकति बुद्धि लगाउन सक्यौं, आन्तरिक झै–झगडा छोडेर लिनुपर्छ । हामी धेरै माथि जान सक्छौं ।’

डा. दिक्षितले नेपालका नेताहरुले आफ्नो हितलाई मात्रै हेर्ने परिपाटीको अन्त्य गर्नुपर्ने धारणा राखे । उनले भने,‘चीन र भारतलाई लडाएर, एक आपसमा झगडा लगाएर आफ्नो राजनीतिलाई मात्रै फाईदाको रुपमा हेर्नुहुँदैन् । हामीसँग धेरै साधन छैन् । प्रगतिको लागि हामीले भारत र चीनसँग त सहकार्य गर्नुपर्छ । भारतबाट धेरै सहयोग पाएका  छौं । चीनले पनि बिआरआईमार्फत सहयोग दिन खोज्दैछ । यो हाम्रो लागि खुशीको कुरा हो ।’

डा. दिक्षितले नेपालका नेता तथा सबै दलहरुले विवेक प्रयोग गर्नुपर्ने र सोहीअनुसार आफ्नो विदेश सम्बन्ध राख्नुपर्ने सुझाव दिए । ‘अहिले टप नेताहरु दुवै तिरबाट नेपाल आएका छन् । चिनियाँ रक्षामन्त्री ८ घण्टाको लागि मात्रै आउनुभएको छ । उहाँ मलाई लाग्छ, केही ठोस कार्य गर्न आएको होला । भारतका गुप्तचर विभाग रअ प्रमुख आए । त्यसैगरि विदेश सचिव आए । असाध्यै राम्रो तहमा हामी गाएका छौं । एउटालाई खुशी पार्न अर्कोलाई खत्तम गर्यौं भने राम्रो हुँदैन् । तर, अहिले भैरहेको छ।’

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भएपछि नेपालको भारतसँगको सम्बन्ध बिग्रिएको उनको दाबी छ । डा. दिक्षितले भने,‘ओली आएपछि कहिल्यै नबढेको भारतसँगको हाम्रो शत्रुता बढ्यो । नेपालको भारतसँग यस्तो खराब सम्बन्ध कहिल्यैपनि थिएन । अहिले आएर अलिकति सुल्झाउन ओलीले पनि खोजे । भारतले पनि त्यसलाई टेवा दिएको छ । हेल्प गरेको छ । चीनसँग राम्रो देखाउन, मित्रता देखाउन भारतसँग सम्बन्ध बिगार्नुहुँदैन् । नेपालले हिजोपनि यो खेल खेलेको हो । एकविरुद्ध अर्कोलाई प्रयोग गर्ने काम गर्नुहुँदैन् ।’ 

नेपाल भ्रमणको क्रममा चिनियाँ रक्षामन्त्रीले नेपाललाई सैनिक सहयोग दिन्छु भनेर  गरेको घोषणालाई उनले प्रश्न गरे,‘तर, हामीलाई सैनिक सहयोग चाहिएको छ कि छैन ? यो हामीले सोच्ने कुरा हो । अहिले किन हातहतियार चाहियो ? अहिले किन गरेको हो ? अहिले त आर्थिक उत्थानको कुरा ठूलो हो । अन्तर्राष्ट्रिय मञ्चमा हामी कसरी प्रभावकारी हुने ? यो कुरा प्रधान हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ