arrow

थप चौध सय चौहत्तरमा संक्रमण, उनान्तीस जनाको मृत्यु

logo
प्रकाशित २०७७ मंसिर १५ सोमबार
corona-nepal-ministry.JPG

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर चौध सय चौहत्तर जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

यसैगरी गत २४ घण्टामा एक हजार ९३१ जना कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख १४ हजार ५ सय २१ पुगेको छ । नेपालका हालसम्म दुई लाख ३३ हजार ४ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार हाल मुलुकभर १७ हजार ४ सय २३ जना सक्रिय संक्रमित छन् । 

पछिल्लो २४ घण्टामा कोरोनाका कारण उनान्तीस जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ५०८ पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ