arrow

डीआइजी विश्वराज पोखरेल एआइजीमा सिफारिस

मन्त्रीपरिषद्ले स्वीकृत गरे शैलेश थापापछि आइजीपीका एक्ला दाबेदार

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर १५ सोमबार
dig-ktm-bishwo-raj-pokharel-police.jpg

काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस भएका छन। बढुवा समितिको सोमबार बसेको बैठकले नेपाल प्रहरीमा थप गरिएको एक एआईजीको दरबन्दीमा पोखरेललाई बढुवा सिफारिस गरेको हो। गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा सोमबार साँझ बढुवा समितिको बैठक बसेको थियो।

पोखरेलको नाम एआइजीमा सिफारिस भएसँगै सरकारले स्वीकृत गरेमा नेपाल प्रहरीका वर्तमान आईजीपी शैलेश थापा क्षेत्रीको कार्यकालपछि उनी एक्लो दाबेदारका रुपमा रहनेछन् । वर्तमान प्रहरी महानिरीक्षक क्षेत्रीको कार्यकाल २०७९ वैशाख १९ सम्म छ।

सरकारले २ मंसिरमा बसेको मन्त्रीपरिषद् बैठकबाट एआईजीको एक दरबन्दी थप गर्ने निणर्य लिएको थियो । पोखरेलसँगै उनकै ब्याची रहेका डीआइजीहरु सहकुल थापा, धिरजप्रताप सिंह लगायत पनि एआइजी बढुवाको लाइनमा थिए ।

डीआईजी सुशील भण्डारीको काभ्रेमा सवारी दुर्घटनामा परि निधन भएपछि सरकारले पोखरेललाई २०७६ वैशाख १९ मा एसएसपीबाट डीआईजीमा बढुवा गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ