arrow

राजिनामा माग्न गएकालाई फुर्सद छैन भन्दै फर्काइदिए ओलीले  

प्रचण्डले प्रधानमन्त्री बन्न हतारो देखाएको आरोप

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर १५ सोमबार
prachanda-and-kp-oli-news.jpg

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद अन्ततः पुष्पकमल दाहाल प्रचण्डलाई तत्कालै प्रधानमन्त्री बन्नुपर्ने हतारोतर्फ उन्मुख भएको आरोप लाग्न थालेको छ । आन्तरिक विवादमै रुमल्लिरहेको नेकपाभित्र प्रचण्ड प्रधानमन्त्री बन्न हतार गरेपछि ओली पक्षले त्यसलाई ठाडै अस्वीकार गरेको छ । ओलीले प्रधानमन्त्रीबाट राजिनामा गरेर अर्को प्रधानमन्त्री बनाउनु पर्ने प्रचण्ड प्रस्ताव ओली पक्षसमक्ष पुगेपछि उहाँलाई प्रधानमन्त्री दिन नसकिने ओली पक्षले स्पष्ट सन्देश दिएको छ ।

‘प्रचण्डजीलाई प्रधानमन्त्री बनिहाल्नुपर्ने हतारोले विवाद गर्नुभएको रहेछ’, ओली निकट एक सदस्यले भने । उनका अनुसार निर्वाचन अघि प्रचण्डलाई प्रधानमन्त्री दिन नसकिने स्पष्ट पारेपछि प्रचण्ड पक्षधरहरु अहिले बहुमत अल्पमतको खेलमा लागेको स्रोतको दावी छ । ‘हामीले संसदीय दलमा बहुमत पुर्याउनुस अनि प्रधानमन्त्री लैजानुस पनि भनेका छौ तर उहाँहरु बहुमत पुर्याउनसक्ने अवस्थामा हुनुहुन्न र बखेडा गरिरहनु भएको छ’, ओलीनिकट स्रोतले भन्यो । 

प्रचण्ड निकट नेताहरु चुनावी सरकारको भएपनि नेतृत्व गर्न दिनुपर्ने प्रस्ताव लिएर वालुवाटार गएका थिए । तर ओली पक्षले यो विषयमा कुरा नगरौ अब कोर्स धेरै अघि बढिसकेको छ भनेर फर्कादिएको थियो । ‘केही नेताहरु प्रधानमन्त्रीबाट राजिनामा दिएर भएपनि पार्टीको विवाद सुल्झाउनुपर्छ भनेर आउनु भएको थियो।बैठकै औपचारिक रुपमा प्रधानमन्त्रीबाट हटाउने प्रस्ताव लिएर आउनुस त्यही छलफल गरौंला भनेर पठाइदिएका छौ’, ओली निकट स्रोतले भन्यो । 

ओलीले प्रधानमन्त्रीबाट राजिनामा गरेको अवस्थामा माधव नेपालले प्रचण्डलाई नै प्रधानमन्त्री बन्नुस भनेपछि उनी हौसिएको स्रोतको दावी छ । माधव नेपालले आफू प्रधानमन्त्री नबन्ने जनाएको पछि प्रचण्डले आफूलाई प्रधानमन्त्रीमा दावी गर्दै आएका छन् । प्रचण्डले यसअघि नै प्रधानमन्त्री दावी गरेको बेला नेपालले यही सरकारलाई पाँच वर्ष चल्न दिनुपर्ने बताएका थिए । विवाद बढ्दै गएपछि नेपालले प्रधानमन्त्री पद ओलीबाट खोस्नुस मेरो समर्थन हुन्छ भनेपछि प्रचण्ड हौसिएर प्रधानमन्त्रीको दावी गर्न पुगेका हुन्।

पछिल्लो पटक राजिनामा माग्न पुगेका प्रचण्ड समूहका केही नेताहरुलाई प्रधानमन्त्री ओलीले यो विषयमा छलफल गर्ने फूर्सद नै छैन भनेर फर्काइदिएका थिए। स्रोतका अनुसार पम्फा भूषाल लगायतका नेताहरुले ओली समूहका नेताहरुसँग यस्तो प्रस्ताव राखेका हुन् । पूर्व माओवादी समूहबाट मन्त्री हुन नपाएका धेरै नेताहरु अहिले प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने र केपी ओलीलाई हटाउनु पर्ने भन्दै अभियान नै चलाउन थालेको स्रोतको दावी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ