arrow

राजतन्त्र पुनः फर्काउन चलखेल

logo
प्रकाशित २०७७ मंसिर १६ मंगलबार
hari-charan.jpg

लहान । नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले जनताको सङ्घर्षबाट पाखा लागिसकेको राजतन्त्र फर्काउने कसैको सपना पूरा नहुने बताएका छन् ।

पार्टी कार्यक्रमका लागि लहान आइपुगेका अध्यक्ष साहले मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै राजतन्त्र पुनः फर्काउन चलखेल शुरु भए पनि अहिलेका जनता सचेत भइसकेकाले  ती शक्तिको सपना पूरा हुन नदिने बताए । 
 
उनले  आर्थिक अपारदर्शिता र महिला हिंसाविरुद्ध आफ्नो पार्टीले भण्डाफोर अभियान चलाउन लागेको जानकारी पनि दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ