arrow

प्रभु बैंकका काउन्टरहरु नेपाल–भारत सीमाका भन्सार कार्यालयहरुमा थप समय रहने

logo
प्रकाशित २०७७ मंसिर १७ बुधबार
prabhu-bank-nepal-india-border.jpg

काठमाडौं। प्रभु बैंक लिमिटेडका एक्स्टेन्सन काउन्टरहरु नेपाल भारत सीमाका भन्सार कार्यालयहरुमा थप समयावधिका लागि रहने भएका छन्। नेपाल सरकार, अर्थ मन्त्रालय भन्सार विभाग र प्रभु बैंकको समन्वयमा नेपाल भारत सीमाका विभिन्न ७ वटा भन्सार कार्यालयहरुमा  एक्स्टेन्सन काउण्टरहरुले थप समयावधिका लागि निरन्तर रुपमा बैंकिङ्ग सेवा प्रवाह गर्ने भएका हुन्।

प्रभु बैंकले प्रेस विज्ञप्ति जारी गर्दै भद्रपुर भन्सार कार्यालय झापा, सुनसरी भन्सार कार्यालय सुनसरी, ठाडी भन्सार कार्यालय सिरहा, जलेश्वर भन्सार कार्यालय महोत्तरी, महेशपुर भन्सार कार्यालय नवलपरासी, सुठौली भन्सार कार्यालय कपिलवस्तु र सति भन्सार कार्यालय कैलालीमा सरकारी राजश्व–भन्सार संकलनका लागि सञ्चालनमा रहेका प्रभु बैंकका एक्स्टेन्सन काउण्टरहरुले थप सेवा दिने भएको जनाएको हो।

सो सम्बन्धी नविकरण सम्झौतामा नेपाल सरकार, अर्थ मन्त्रालय भन्सार विभाग, त्रिपुरेश्वर, काठमाडौंका तर्पmबाट महानिर्देशक सुमन दहाल र प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले मंसिर १७ गते बुधबार हस्ताक्षर गरेका हुन्।

नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सीमानामा सञ्चालनमा रहेका प्रभु बैंकका एक्स्टेन्सन काउण्टरहरुको सेवाबाट सम्बन्धित भन्सार कार्यालयहरुको स्तरोन्नतीसँगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुन गई राजश्व संकलनको आंकडामा वृद्धि हुन जाने विश्वास बैंकको छ।

त्यस्तै स्थानीय सेवाग्राही तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुन सक्ने समेत बैंकले जनाएको छ। यसका साथै नेपाल सरकारको राजश्व संकलन प्रक्रियामा छिटो छरितो हुन गई सहजीकरण हुने समेत विश्वास लिएको बैंकले प्रेस विज्ञप्तिमार्फत उल्लेख गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ