arrow

नेकपासहित विभिन्न पार्टीबाट दुई सय बढी कार्यकर्ता कांग्रेसमा प्रवेश, सांसद मोहन आचार्यद्धारा स्वागत

logo
प्रकाशित २०७७ मंसिर २८ आइतबार
131153178_186961923078494_7.jpg

रसुवा । रसुवाको नौकुण्ड गाउँपालिकामा विभिन्न पार्टीमा आबद्ध दुई सय भन्दा बढी नेता–कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस नौकुण्ड गाउँपालिकाको आयोजनामा शनिबार सम्पन्न कार्यकर्ता भेला तथा चियापान एवम् सम्मान कार्यक्रमका अवसरमा नेपाल कम्युनिस्ट पार्टी नेकपा, जनता समाजवादी पार्टी लगायत अन्य पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई संघीय सांसद ईन्जिनियर मोहन आचार्यले पार्टीमा स्वागत गरेका थिए । नेपाली कांग्रेस नौकुण्ड गाउँपालिकाको सभापति डिलबहादुर मोक्तानको सभापतित्वमा कार्यक्रम भएको हो । कार्यक्रममा कांग्रेस रसुवाका सभापति पेम्बा छिरिङ तामाङ्ग र सांसद मोहन आचार्यले नौकुण्ड गाउँपालिका भित्रका ज्येष्ठ राजनीतिज्ञ एवम् धेरै वर्षदेखि कांग्रेसमा आवद्ध भइ संघर्ष गर्ने ४० जना कार्यकर्ताहरुलाई दोसल्ला ओढाएर प्रमाणपत्रद्वारा सम्मान गरेका थिए । 

सो अवसरमा सांसद आचार्यले रसुवा कांग्रेसको संगठनमा सक्षम र इमान्दार नेताहरूलाई स्थापित गराउने अभियान थालिएको बताए । रसुवाली नागरिकको दुःख सुखमा आफू सधै साथमा रहेको भन्दै उनले समृद्ध रसुवा अभियान अन्तर्गत गरिएका पूर्वाधार विकास कार्यक्रमका बारेमा जानकारी गराएका थिए । 

कार्यक्रममा प्रदेश सांसद प्रभात तामाङ, उत्तरगया गाउँपालिका प्रमुख उपेन्द्र लम्साल, स्थानिय कांग्रेस नेताहरु लामाकार्पु तामाङ, करी घले,वाङ्गेल तामाङ र नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्पु साङ्बो घले लगायतले नेपाली कांग्रेस रसुवा सदैव रसुवाली नागरिकको साथमा रहेको बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ